एसएसबी 24औं वाहिनी संदीक्षा परिवारले मनायो हरियाली तीज
एसएसबी 24औं वाहिनी संदीक्षा परिवारले मनायो हरियाली तीज


कामरूप (असम), 22 जुलाई (हि.स.)। रंगियास्थित सशस्त्र सीमा बल (एसएसबी)- को 24औं बटालियनको संदीक्षा परिवारकी अध्यक्ष सञ्जना गुप्ताको उपस्थितिमा बटालियनका सम्पूर्ण संदीक्षा परिवारद्वारा सोमवार हरियाली तीज पर्व पारम्परिक उल्लास, सांस्कृतिक गरिमा एवं सौहार्दपूर्ण वातावरणमा धूमधामले मनाइयो। यो आयोजन भारतीय संस्कृति, नारी शक्ति एवं पारिवारिक एकताको प्रतीकको रूपमा अत्यन्त सराहनीय रहिआएको छ।

एसएसबीको 24औं बटालियनद्वारा आज बताइएको छ, कार्यक्रमको शुरूवात सञ्जना गुप्ताद्वारा दीप प्रज्जवलन एवं माँ पार्वतीको पूजा-अर्चनाबाट भयो। महिलाहरूले पारम्परिक परिधानहरूमा सजिएर हरियाली तीजसित सम्बन्धित लोक कलाहरूको अनुपम प्रस्तुति दिए। झोलुङ्गो सज्जा, मेंहन्दी प्रतियोगिता, लोकगीत एवं नृत्य जस्ता कार्यक्रमहरूले सबैको मन छोयो।

संदीक्षा परिवारकी अध्यक्षले आफ्नो सम्बोधनमा बताइने, सावन महिनामा सृष्टिमा परिवर्तन प्रक्रिया चलेको हुन्छ यसको लागि भगवान शिव र माता पार्वती प्रकृतिको धेरै नजिकमा हुन्छन्। साथै उनीहरूलाई पृथ्वीको रंग धेरै प्रिय छ, त्यसैले यस व्रतमा हरियो रंगको प्रमुखता हुन्छ। यस दिन सोह्र श्रृङ्गार गरेर महिलाहरूले भगवान शिव शंकर र पार्वतीको पूजा गर्दछन् अनि कथा सुन्दछन्।

संदीक्षा परिवारका सदस्यहरूले पारम्परिक व्यञ्जनहरूको आनन्द उठाउँदै एका-अर्कालाई शुभकामना दिए। यस आयोजनले सबैलाई एकजुट भएर भारती लोक संस्कृतिसित जोड़िने अवसर प्रदान गऱ्यो। यस अवसरमा सञ्जना गुप्ताद्वारा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय एवं तृतीय स्थान प्राप्त गर्ने संदीक्षा परिवारका प्रतिभागीहरूलाई पुरस्कृत गरी उनीहरूको मनोबल बढ़ाइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande