राज्यसभाका 6 सदस्य सेवानिवृत्त, उज्जवल निकमले राज्यसभाको सदस्यता ग्रहण गरे
राज्यसभाका 6 सदस्य सेवानिवृत्त, उज्जवल निकमले राज्यसभाको सदस्यता ग्रहण गरे


नयाँ दिल्ली, 24 जुलाई (हि.स.)। पहलगाम हमला, अपरेशन सिन्दूर र बिहारमा भोटर लिस्ट रिवीजनलाई लिएर बिहिवार राज्यसभामा चौथो दिन पनि विपक्षी सदस्यहरूको हंगामा जारी रह्यो। सेवानिवृत्त हुने राज्यसभाका छह सदस्यलाई बिदाई दिएपछि सदनमा विपक्षी सदस्यहरूले हंगामा शुरू गरे, जस कारण सदनको कारबाही दिउँसो 2 बजीसम्मका लागि स्थगित गरियो।

बिहिवार कारबाही शुरू हुनसाथ उज्जवल निकमले राज्यसभाको सदस्यता ग्रहण गरे। उनले मराठीमा शपथ लिए। त्यसपछि आवश्यक रिपोर्ट सदनको पटलमा राखियो।

राज्यसभाका उपसभापति हरिवंशले सदनबाट बिहिवार सेवानिवृत्त भइरहेका सदस्यहरूलाई बिदाई दिए। एम मोहम्मद अब्दुल्ला (डीएमके), एन चन्द्रशेखरन (एआईएडीएमके), अम्बुमणि रामदास (पीएमके), एम शनमुगम (डीएमके), वाइको (एमडीएमके) र पी विल्सन (डीएमके) को कार्यकाल बिहिवार समाप्त भयो। पी विल्सनले भोली पुनः सदनमा दोस्रो कार्यकालको निम्ति शपथ लिनेछन्। यस अवधि विभिन्न दलहरूका सांसदहरूले देशमा लोकतान्त्रिक परम्पराहरूलाई मजबुत बनाउनमा उनीहरूको योगदानको सराहना गरे।

एमडीएमके नेता वाइकोले राज्यसभामा बिदाई भाषणमा सबै राजनीतिक दलहरूका नेताहरूको आभार व्यक्त गरे। उनले पूर्व सभापति जगदीप धनखड़को आभार व्यक्त गरे। उनले बताए, उनले ईलम तमिलहरूको त्रासदी र नरसंहारबारे 13 पल्ट ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande