अमरनाथ यात्राः 3,500 तीर्थयात्रीहरूको नयाँ टोली जम्मूबाट प्रस्थान
अमरनाथ


श्रीनगर, 24 जुलाई (हि.स.)। यस साल 03 जुलाईमा अमरनाथ यात्राको शुरूआत भएदेखि अहिलेसम्म 3.42 लाखभन्दा धेरै तीर्थयात्रीले दर्शन गरिसकेका छन् जबकि 3,500 तीर्थयात्रीको नयाँ टोली बिहिवार जम्मूदेखि दुवै आधार शिविरहरूबाट यात्राको निम्ति प्रस्थान भयो।

अधिकारीहरूले बताए, गत 21 दिनमा 3.42 लाखभन्दा धेरै तीर्थयात्रीले अमरनाथ यात्रा गरिसकेका छन्। लगातार तीर्थयात्रीहरूको भारी भीड़ पुगिरहेको छ। यात्रा शान्तिपूर्ण र सुचारू रूपले चलिरहेको छ र यसबाट श्रद्धालुहरूले रेकर्ड संख्यामा आउने प्रोत्साहन पाइऱहेका छन्। गत 21 दिनमा 3.42 लाखभन्दा धेरै श्रद्धालुहरूले दर्शन गरेका छन् र बिहिवार 3,500 तीर्थयात्रीहरूको एउटा टोली जम्मूको भगवती नगर यात्री निवासदेखि घाटीको निम्ति प्रस्थान भयो। यसमध्ये 45 वाहनको पहिलो सुरक्षा लश्कर 832 यात्रीलाई लिएर बिहान 3.25 बजी बालटाल आधार शिविरको निम्ति प्रस्थान भयो जबकि 95 वाहनहरूको दोस्रो लश्कर 2,668 यात्रीलाई लिएर पहलगाम आधार शिविरको निम्ति बिहान 4.01 बजी प्रस्थान भयो।

10 जुलाईमा पहलगाममा छड़ी मुबारक (भगवान शिवको पवित्र निवास) को भूमि पूजन गरियो। यसपछि छड़ी मुबारकलाई दशनामी अखाड़ा भवनमा पुनः उसको स्थानमा लगियो। यसले 04 अगस्तमा श्रीनगरको दशनामी अखाड़ा मन्दिरबाट अमरनाथ गुफा मन्दिरतिर आफ्नो अन्तिम यात्रा शुरू गर्नेछ र 09 अगस्तमा पवित्र अमरनाथ गुफा मन्दिर पुग्नेछ, जुन यात्राको आधिकारिक समापन हुनेछ।

यस वर्ष अमरनाथ यात्राको निम्ति व्यापक बहु-स्तरीय सुरक्षा व्यवस्था गरिएको छ। सेना, बीएसएफ, सीआरपीएफ, एसएसबी र स्थानीय पुलिसको वर्तमान संख्या बढ़ाउनका लागि केन्द्रिय सशस्त्र पुलिस बलहरूको 180 अतिरिक्त कम्पनीहरू तैनाथ गरिएको छ। सेनाले यस वर्ष तीर्थयात्रीहरूको सुरक्षा सुनिश्चित गर्न 8,000 भन्दा अधिक विशेष कमान्डो तैनाथ गरेको छ।

यो यात्रा 03 जुलाईदेखि शुरू भएको थियो र 38 दिनपछि 09 अगस्तमा समाप्त हुनेछ, जुन श्रावण पूर्णिमा र रक्षाबन्धनको साथ मेल खाँदछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande