नयाँ दिल्ली, 24 जुलाई (हि.स.)। केन्द्रिय विद्यालय संगठन (केवीएस) र नवोदय विद्यालय समिति (एनवीएस) मा 12 हजारभन्दा धेरै शिक्षकहरूको पद रिक्त छ।
शिक्षा राज्यमन्त्री जयन्त चौधरीले बिहिवार राज्यसभामा बताए, केन्द्रिय विद्यालयहरूमा 7,765 र नवोदय विद्यालयहरूमा 4,323 शिक्षक पद रिक्त छ। नयाँ विद्यालयहरू खोल्ने, सेवानिवृत्ति, स्थानान्तरण र त्यागपत्र जस्ता कारणहरूले यी रिक्त पदहरू उत्पन्न हुन्छ। रिक्त पदहरूलाई भर्ने प्रक्रिया चलिरहेको छ, साथै शिक्षण कार्य बाधित नहोस्, यसको निम्ति संविदा शिक्षकहरूको अस्थायी नियुक्ति पनि गरिन्छ।
उनले बताए, राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषद (एनसीईआरटी) मा समूह 'क' को 143 शैक्षणिक पद खाली छ र यसको भर्ती प्रक्रिया पनि जारी छ। राष्ट्रिय अध्यापक शिक्षा परिषद (एनसीटीई) मा 60 पद खाली छ।
चौधरीले बताए, यी प्रमुख संस्थानहरूमा गैर-शैक्षणिक कर्मचारीहरूको कुरा गर्दा केवीएसमा 1617, एनवीएसमा 3056, एनसीईआरटीमा 1183 र एनसीटीईमा 60 गैर-शिक्षण पद खाली छन्। अर्थात् कूल चार संस्थानहरूमा गैर-शिक्षण कर्मचारीहरूको 5,916 पद खाली छ।
शिक्षा विशेषज्ञहरूको भनाई छ, यति भारी संख्यामा पद रिक्त हुँदा न केवल प्रशासनिक कामकाज प्रभावित हुन्छ तर छात्रहरूलाई गुणवत्तापूर्ण शिक्षा दिनुपनि चुनौतीपूर्ण हुन्छ। शिक्षा मन्त्रालयसित रिक्त पदहरूलाई छिटोभन्दा छिटो भर्ने माग गरिँदैछ ताकि देशका नानीहरूलाई उत्तम शैक्षणिक वातावरण प्राप्त होस्।
हिन्दुस्थान समाचार / भवानी थामी