मुम्बई ट्रेन विस्फोट मामिलामा बम्बे हाईकोर्टको आदेशमा सुप्रीम कोर्टले लगायो रोक
सुप्रीम कोर्ट


नयाँ दिल्ली, 24 जुलाई (हि.स.)। सर्वोच्च न्यायालयका जस्टिस एमएम सुन्दरेशको अध्यक्षता रहेको बेञ्चले 2006 को मुम्बई लोकल ट्रेन ब्लास्ट मामिलामा 12 आरोपीलाई बरी गरिने बम्बे उच्च न्यायालयको फसेलामा रोक लगाएको छ।

बम्बे उच्च न्यायालयले 21 जुलाईमा फसेला सुनाउँदै यस मामिलामा 2006 को मुम्बई लोकल ट्रेन ब्लास्ट मामिलामा 12 आरोपीलाई बरी गर्ने आदेश दिएको थियो।

यसअघि सेप्टेम्बर 2015 मा निम्न अदालतले पाँचलाई मृत्युदण्ड र 7 लाई जन्मकैदको सजाय सुनाएको थियो। यस सजायलाई आरोपीहरूले उच्च न्यायालयमा चुनौती दिएका थिए। उच्च न्यायालयले सबै 12 आरोपीलाई बरी गर्ने आदेश दियो। उच्च न्यायालयको यही आदेशलाई सर्वोच्च न्यायालयमा चुनौती दिइएको छ।

ज्ञात होस्, 2006 मा मुम्भईको लोकल ट्रेनहरूमा 7 बम धमाकामा कूल 189 जनाको मृत्यु र 820 जना गम्भीर रूपमा घाइते भएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande