एसआईआरमा विपक्ष मुखर, चौथो दिनपनि संसदमा हुनसकेन सामान्य कामकाज
लोकसभा


नयाँ दिल्ली, 24 जुलाई (हि.स.)। बिहारमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) को मुद्दामा बिहिवार संसदको मनसून सत्रको चौथो दिनपनि विपक्षको हंगामा जारी रह्यो। यसले गर्दा लोकसभा र राज्यसभामा सामान्य कामकाज हुन सकेन। दुवै सदनको कारबाहीलाई विपक्षको हंगामाको कारण पहिले दुई बजी र पछि दिनभरिको निम्ति स्थगित गरियो। यहीबीच राज्यसभामा आज सेवानिवृत्त भइऱहेका छह सदस्यहरूलाई बिदाई दिइयो।

लोकसभामा बिहान कारबाही शुरू हुँदा अध्यक्ष ओम बिरलाले विपक्षी सदस्यहरूसित संसदको मर्यादा र गरिमा बनाई राख्ने आग्रह गरे। उनले भने, धेरै सांसदहरूले उनलाई भने कि उनीहरूले बोल्नका लागि मुस्किलले समय पाउँछन् र यस प्रकारको व्यवहार राम्रो होइन। उनले सदनमा प्लाकार्ड लिएर आएकोमा पनि रोष जाहेर गरे। विपक्षको हंगामाबीच अध्यक्षले सदनको कारबाहीलाई आज दिउँसो 2 बजीसम्म स्थगित गरे।

सदनको कारबाही पुनः शुरू हुँदा पीठासीन अधिकारी कृष्णा प्रसाद तेन्नटीले भने, जबसम्म तपाईले प्लाकार्ड देखाउनेछन्, सभाको कारबाही चल्न सक्दैन। तपाई सबै आफ्नो सीटमा बस्नुहोस् र बिलको चर्चामा भाग लिनुहोस्। विपक्षी सदस्यहरूको लगातार विरोधको कारण लोकसभाको कारबाही शुक्रवारसम्मका लागि स्थगित गरियो।

अर्कोतिर, राज्यसभामा आज मनोनीत सदस्य -उज्जवल देवराव निकमले संसद सदस्यको रूपमा शपथ लिए। यस बाहेक राज्यसभाले छह सेवानिवृत्त सदस्यहरूलाई बिदाई दियो। पी. विल्सन पुनः राज्यसभा सदस्य चुनिएका छन्। बिदाई दिएपछि जस्तै प्रश्नकाल शुरू भयो, विपक्षले एसआईआरमाथि हंगामा शुरु गऱ्यो। यसले गर्दा उपसभापति हरिवंशले कारबाहीलाई 2 बजीसम्मका लागि स्थगित गरे।

यसपछि 2 बजी राज्यसभामा आज समुद्री माल परिवहन विधेयक, 2025 मा चर्चा शुरू भयो। राज्यसभामा यसलाई विचार र पारित गर्नका लागि हिजो पेश गरिएको थियो। यद्यपि, विपक्षको हंगामाको कारण कारबाहीलाई दिनभरिको निम्ति स्थगित गरियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande