नयाँ दिल्ली, 24 जुलाई (हि.स.)। संसदको मनसून सत्रको चौथो दिन बिहारमा जारी मतदाता सूची विशेष गहन पुनरीक्षण (एसआईआर) को विरोधमा विपक्षी दलहरूले संसद भवन परिसरमा प्रदर्शन गरे। यस प्रदर्शनमा कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी, प्रियंका गान्धी सहित विपक्षी इण्डी गठबन्धनका सांसदहरूले हिस्सा लिए। विपक्षी सांसदहरूले नारा लगाउँदै एसआईआर प्रक्रियालाई तत्काल फिर्ता लिने माग गरे।
कांग्रेस सांसद प्रियंका गान्धीले संसद भवन परिसरमा पत्रकारहरूसित कुरा गर्दै भनिन्, संसदमा विपक्षका नेताहरूलाई बोल्न दिँदैन। हामीले चर्चाको माग गरिरहेका छौं, चर्चा गर्नका लागि सरकार सहमत हुनुपर्छ।
प्रदर्शनमा कांग्रेस महासचिव केसी वेणुगोपालले सत्तारूढ़ दलमाथि लोकतन्त्रलाई नष्ट गरेको आरोप लगाए। कांग्रेसका राज्यसभा सांसद रंजीत रन्जनले चुनाउ आयोगमाथि प्रश्न ख़ड़ा गर्दै भने, आयोगले दाबी गरिरहेको छ कि 95 प्रतिशत मतदाताहरूको भेरिफिकेशन भइसकेको छ जबकि धरातलिय स्तरमा बीएलओको भनाई छ, यो प्रक्रिया त 26 जुलाईदेखि शुरू हुनेछ। आयोगको मनसाय सन्देहको घेरामा छ।
उल्लेख्य, बिहारमा आगामी विधानसभा चुनाउको मध्यनजर चुनाउ आयोगले मतदाता सूचीको विशेष गहन पुनरीक्षण गरिरहेको छ। आयोग अनुसार, अहिलेसम्म 90 प्रतिशतभन्दा धेरै मतदाताहरूले फारम भरेका छन् र यसको आधारमा सेप्टेम्बरको अन्तसम्म अन्तिम मतदाता सूची प्रकाशित गरिनेछ। यद्यपि, विपक्षले यस प्रक्रियालाई संदिग्ध र पूर्वनियोजित मानिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी