मतदाता सूचीमा नाम जोड्न वा काट्नका लागि अहिलेपनि एक महिनाको समय- चुनाउ आय़ोग
मतदाता सूचीमा नाम जोड्न वा काट्नका लागि अहिलेपनि एक महिनाको समय- चुनाउ आय़ोग


नयाँ दिल्ली, 24 जुलाई (हि.स.)। चुनाउ आयोगले 01 अगस्त र 01 सेप्टेम्बरबीच राजनीतिक दलले योग्य मतदाताहरूको नाम मतदाता सूचीमा जोड्नपनि सक्छ र यदि कसैको नाम गल्तीले जोड़िएको छ भने त्यसलाई हटाउन पनि सक्ने बताएको छ। चुनाउ आयोगको यो वक्तव्य बिहारमा विशेष गहन पुनरीक्षण (एसआईआर) लाई लिएर विपक्षको लगातार विरोधबीच आएको छ।

चुनाउ आयोगले भनेको छ, बिहारमा जारी विशेष गहन पुनरीक्षण (एसआईआर) को आदेश पृष्ठ 3, प्यारा 7(5) अनुसार, कुनैपनि मतदाता वा मान्यता प्राप्त राजनीतिक दललाई 01 अगस्तदेखि 01 सेप्टेम्बरसम्म एक महिनाको समय प्राप्त हुनेछ ताकि उसले कुनैपनि पात्र मतदाताको नाम सामेल गराउन सकोस्, जसलाई बीएलओ/बीएलएले छोड़ेको छ। यसको साथ बीएलओ/बीएलएद्वारा गलत तरीकाले सामेल गरिएको कुनैपनि मतदाताको नामलाई काट्न सक्छ।

उल्लेख्य, एसआईआर प्रक्रियामाथि विपक्षले आफ्नो विरोध दर्ता गराइऱहेको छ। विपक्षले आरोप लगाएको छ कि यो प्रक्रिया अल्पसंख्यक र पछौटेहरूलाई चुनाउ प्रक्रियादेखि बाहिर गर्ने तरीका हो। विपक्षको यही विरोधको कारण गत दुई दिनदेखि संसदका दुवै सदनमा कुनै कार्य हुनसकेको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande