सानो वाहन र बाइकको भिड़न्तमा किशोरको मृत्यु
सानो वाहन र बाइकको भिड़न्तमा किशोरको मृत्यु


उत्तर दिनाजपुर, 25 जुलाई (हि.स.)। काठ लादिएको सानो वाहन र बाइक आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा एकजना किशोरको मृत्यु भयो। मृतक किशोरको नाम हारून रशिद हो। यो घटना शुक्रवार जिल्लाको रसाखोवा-बोतलबाड़ी राज्य राजमार्गस्थित राघवपुर डांगी क्षेत्रमा भएको हो। घटनापछि काठ लादिएको वाहनको चालकले सुइँकुच्चा ठोक्यो।

स्थानीय मानिसहरूले बताए, हारून बाइकमा सवार भएर राघवरुप डांगीदेखि रसाखोवा तर्फ गइरहेका थिए। यसै क्रममा बोतलबाड़ी क्षेत्रबाट आइरहेको एउटा द्रूत गतिको वाहनसित बाइकको सोझो भिड़न्त भयो। किशोर सड़कमा झऱ्यो। स्थानीय मानिसहरूले उसलाई गम्भीर अवस्थामा उद्धार गरी करनदिघी ग्रामीण अस्पतालमा पुऱ्याए जहाँ ड्यूटीमा तैनाथ डाक्टरले तिनलाई मृत घोषित गरिदिए। सूचना पाउनसाथ करनदिघी पुलिस घटनास्थलमा पुग्यो।

अर्कोतिर घटनापछि ट्रक चालक घटनास्थलबाट भाग्यो। शवलाई पोस्टमर्टमको लागि रायगञ्ज मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। करनदिघी पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande