कामरूप (असम), 28 जुलाई (हि.स.)। सोनापुरको कमलाजारीमा गए राती भएको भयानक सड़क दुर्घटनामा 60 वर्षीय महिलालाई ट्रकले ठक्कर दियो जसले गर्दा फुलेश्वरी भद्र राहांग नामक वृद्धिको घटनास्थलमै मृत्यु भयो जो स्कुटीमा सवार थिइन्।
प्राप्त जानकारी अनुसार गणेश शर्माको स्वामित्वमा रहेको आधार ग्रीन इथेनल कम्पनीबाट निक्लेको ट्रकले आफ्नो द्रूत गतिको कारणले नियन्त्रण गुमायो अनि स्कुटीलाई ठक्कर दियो।ठक्करको कारणले भुइँमा लड़ेकी वृद्ध महिलालाई ट्रकले कुल्चियो। अर्कोतिर दुर्घटनापछि ट्रक चालक ट्रक सहित भाग्न सफल भयो। घटनाको कारणले क्षेत्रमा उत्तेजना फैलिएको छ।
सूचना पाएर घटनास्थलमा पुगेको सोनापुर यातायात पुलिसले जाँच शुरू गऱ्यो। स्थानीय मानिसहरूको भनाइ छ, क्षेत्रमा लामो समयदेखिको भारी वाहनहरूको आतंक कायम छ।
दुर्घटनाको लागि जिम्मेवार चालकलाई पक्राउ नगरिएसम्म स्थानीय मानिसहरूले शवलाई सड़कबाट उठाउन दिएनन्। तथापि पछि पुलिस अधिकारीहरूले सम्झाेपछि स्थिति शान्त भयो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। साथै मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा