जम्मू, 28 जुलाई (हि.स.)। उपराज्यपाल मनोज सिन्हाले सोमवार भगवती नगर यात्री निवासबाट पवित्र श्री बूढ़ा अमरनाथ जी यात्राको लागि श्रद्धालुहरूको पहिलो समूहलाई हरि झण्डा देखाएर प्रस्थान गराए।
उपराज्यपालले सबै तीर्थयात्रीहरूलाई सुरक्षित र आध्यात्मिक रूपले परिपूर्ण यात्राको शुभकामना दिए। उपराज्यपालले भने, महादेवको निवासको पवित्र यात्रा एक ज्ञानवर्धक अनुभव हो। मलाई दृढ विश्वास छ कि यसले भक्तहरूलाई जीवनका रहस्यहरू उजागर गर्दछ।
उपराज्यपालले बाबा अमरनाथ र बूढ़ा अमरनाथ यात्री न्यास, पर्यटन विभाग, जिल्ला प्रशासन, अन्य हित धारकहरू र लंगर सेवा प्रदान गर्ने संगठनहरूद्वारा गरिएका सावधानीपूर्वक कार्यको सराहना गरे। वार्षिक तीर्थयात्रा र बूढ़ा अमरनाथ जी मेला, वार्षिक उत्सवको लागि सबै व्यवस्थाहरू गरिएका छन्।
मिडियासॅंग कुराकानी गर्दै उपराज्यपालले भने, पहिलो समूहमा देशभरबाट 1000 भन्दा धेरै तीर्थयात्री श्री बूढ़ा अमरनाथ जीको पवित्र यात्राको लागि प्रस्थान भएका छन्। हिजोसम्म 3.77 लाख तीर्थयात्रीले श्री अमरनाथ जीको पवित्र गुफा दर्शन गरिसकेका छन्। मलाई आशा छ कि देशभरबाट तीर्थयात्री श्री बूढ़ा अमरनाथ जीको दर्शन गर्न आउनेछन् र भोलेनाथबाट जम्मू-कश्मीर र राष्ट्रको शान्ति र प्रगतिको लाग प्रार्थना गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी