सेनाको श्रीनगरमा अपरेशन महादेव, लश्करका तीन शीर्ष आतङ्की मारिए
सेना


नयाँ दिल्ली, 28 जुलाई (हि.स.)। अपरेशन महादेव अन्तर्गत भारतीय सुरक्षाबलहरूले श्रीनगरको दाचीगाम जंगलमा लश्करका तीन शीर्ष आतङ्कीलाई मारेको छ। बताइन्छ, मारिएका आतङ्की पहलगाम नरसंहारमा सामेल थिए। थप अरू आतङ्कीहरू फंसेको हुनसक्ने आशंका छ, अहिले अपरेशन जारी छ।

भारतीय सेनाको चिनार कोरले आधिकारिक बयानमा बताएको छ, अपरेशन महादेव अन्तर्गत दाचीगाम राष्ट्रिय उद्यान नजिक श्रीनगरको हरवान क्षेत्रमा आतङ्कीहरू र सुरक्षाबलहरूबीच भीषण भिड़न्त भयो। आतङ्कीहरूको उपस्थितिको विश्वसनीय गोप्य जानकारी पाइएपछि यो अभियान शुरू गरिएको थियो। क्षेत्रको घेराबन्दी गरिएको छ।

भारतीय सुरक्षाबलहरूले पाकिस्तानको आतङ्की संगठन लश्कर-ए-तैयबाको 3 शीर्ष आतङ्कीहरूलाई मारेको छ। बताइन्छ, मारिएका आतङ्कीहरू पहलगाम नरसंहारको मुख्य आरोपी थिए। थप अरू आतङ्कीहरू फंसेको हुनसक्ने आशंक छ, यसैले गर्दा अपरेशन अहिले जारी छ।

सूत्रहरूको भनाई छ, पहलगाम हमलाको मास्टरमाइन्ड आतङ्की 'हाशिम मूसा' उर्फ 'सुलेमान' भारतीय सेनाको विशेष बलहरूको साथ भिड़न्तमा मारियो। हाशिम मूसा पाकिस्तानी सेनाको विशेष बलहरूको पूर्व सैनिक हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande