लखनऊ, 28 जुलाई (हि.स.)। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले एक ऐतिहासिक कीर्तिमान स्थापित गर्दै राज्यको सबैभन्दा लामो कार्यकाल भएको मुख्यमन्त्री बन्ने गौरव प्राप्त गरेका छन्। उनले स्वतन्त्र भारतका पहिलो मुख्यमन्त्री पण्डित गोविन्द बल्लभ पन्तको 8 वर्ष 127 दिनको रेकर्ड तोड्दै अहिलेसम्म 8 वर्ष 4 महिना र 10 दिनको प्रभावी कार्यकाल पूरा गरेका छन्। यो कार्यकाल केवल समयको गणना नभएर एक युग परिवर्तनको गाथा हो।
योगी आदित्यनाथको यो कार्यकाल न केवल राजनीतिक स्थिरताको प्रतीक हो तर शासनको प्रत्येक क्षेत्रमा सुधार, पारदर्शिता र दृढ़ इच्छाशक्तिको साथ विकासको गतिलाई अभूतपूर्व शिखरहरूसम्म लैजाने कालखण्ड पनि हो। अपराध र अराजकतासित जुझ्दै यूपीलाई मुख्यमन्त्री योगीले 'नयाँ उत्तर प्रदेश' मा परिणत गर्ने काम गरे, जहाँ कानूनको राज सर्वोपरि छ र शासन व्यवस्था सुशासनको पर्याय बनिसकेको छ।
विगत आठ वर्षमा योगी सरकारले प्रदेशलाई बुनियादी ढांचा, निवेश र रोजगारको क्षेत्रमा नयाँ आयाम दिएको छ। यसमा गोरखपुरमा एम्सको स्थापना, पूर्वाञ्चल-एक्सप्रेसवे, बुन्देलखण्ड एक्सप्रेसवे या फिल्म सिटी जस्ता धेरै मेगा प्रोजेक्ट्स प्रमुख छन्। प्रधानमन्त्री आवास योजना, निःशुल्क राशन वितरण, उज्ज्वला योजना, कन्या सुमंगला र मिशन शक्ति जस्ता योजनाहरूको माध्यमले राज्यका करोड़ौं मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन आएको छ। योगी आदित्यनाथ न केवल उत्तर प्रदेशको सबैभन्दा लामो समयसम्म सेवा दिने मुख्यमन्त्री बनेका छन् तर एक यस्तो नेताको रूपमा स्थापित भएका छन्, जसले ‘राज्यलाई राष्ट्र निर्माणको अग्रदूत’ बनाउने दिशामा ठोस कदम उठाएका छन्।
राज्यका अन्य मुख्यमन्त्रीहरूको कार्यकाल
- गोविन्द वल्ल्भ पन्त 8 वर्ष 127 दिन
- मायावती 7 वर्ष 127 दिन
- मुलायम सिंह यादव 6 वर्ष 274 दिन
- सम्पूर्णानन्द 5 वर्ष 345 दिन
- अखिलेश यादव 5 वर्ष 4 दिन
- नारायण दत्त तिवारी 3 वर्ष 314 दिन।
हिन्दुस्थान समाचार / भवानी थामी