नयाँ दिल्ली, 28 जुलाई (हि.स.)। रक्षा मन्त्री राजनाथ सिंहले लोकसभामा सोमवार अपरेशन सिन्दूरमाथि चर्चामा यो भारतको तर्फबाट आतङ्कवाद विरूद्ध भारत ‘जीरो टलरेन्स’ को नीतिमा कायम छ भन्ने एक निर्णायक र स्पष्ट सन्देश रहेको बताएका छन्। उनले भने, यो सैन्य अभियान पाकिस्तान स्थित नौ आतङ्की ठेगानाहरूलाई नष्ट गर्नका लागि चलाइएको थियो, जसमा 100 भन्दा धेरै आतङ्की, उनीहरूको प्रशिक्षक र संचालक मारिए।
रक्षा मन्त्रीले स्पष्ट गरे, यो भन्नु कि भारतले अन्तरराष्ट्रिय दबाउमा अपरेशनलाई रोक्यो, “निराधार र पूर्ण रूपमा गलत” हो। उनले भने, आफ्नो राजनीतिक जीवनमा मैले असत्य नबोल्ने प्रयास गरेको छु। अपरेशनको उद्देश्य केवल सैन्य कराबाही नभएर भारतको सम्प्रभुता, अस्मिता र नागरिकहरूप्रति सरकारको जिम्मेवारीलाई पनि दर्शाएको थियो। यो अपरेशन 6-7 मई 2025 को रातमा शुरू भएर केवल 22 मिनटमा पूरा गरियो।
राजनाथ सिंहले भने, 22 अप्रेल 2025 मा जम्मू-कश्मीरको पहलगाम क्षेत्रमा भएको कातरपूर्ण आतङ्की हमलामा 25 निर्दोष नागरिक सहित एक नेपाली नागरिकको ज्यान गएको थियो। आतङ्कीहरूले धर्म सोधेर मानिसहरूलाई मारे- जुन मानवता विरूद्ध सबैभन्दा घृणित कृत्य हो।
हमलापछि प्रधानमन्त्री नरेन्द्र मोदीले तीनै सेनाका प्रमुखहरूका साथ उच्च स्तरीय बैठक गरी उनीहरूलाई आवश्यक स्वतन्त्रता दिए। यसपछि भारतीय सेनाहरूले “अपरेशन सिन्दूर” को योजना बनाए औं त्यसलाई सफलतापूर्वक परिणाम दिए।
सिंहले भने, अपरेशनपछि भारतले पाकिस्तानलाई हटलाइनको माध्यमले सन्देश पठायो कि यो कारबारी सीमित थियो र अगाड़ी बढ़ाउने कुनै मनसाय छैन। उनले जोड दिएर भने, भारतको तर्फबाट गरिएको यो कारबाही पूर्णतः आत्मरक्षामा थियो- उक्साउने थिएन न त विस्तारवादी। तरैपनि 10 मईमा पाकिस्तानले भारतमाथि व्यापक रूपमा हमला गर्ने चेष्ट गऱ्यो, जसमा मिसाइलहरू, ड्रोन र रकेट सामेल थिए।
सिंहले लोकसभालाई आश्वस्त गर्दै भने, एस-400, आकाश मिसाइल प्रणाली र ड्रोन-रोधी सिस्टम जस्ता अत्याधुनिक रक्षा उपकरणहरूको मद्दतले भारतले पाकिस्तानको यस हमलालाई पूर्ण रूपमा विफल बनायो। पाकिस्तानले भारतको कुनैपनि महत्वपूर्ण सम्पत्तिलाई नोकसान पुऱ्याउन सकेन। उनले स्पष्ट गरे, यो भन्नु कि भारतले अन्तरराष्ट्रिय दबाउमा अपरेशनलाई रोक्यो, “निराधार र पूर्ण रूपमा गलत” हो।
हिन्दुस्थान समाचार / भवानी थामी