कोलकाता, 30 जुलाई (हि.स.)। टिकट नभएकोमा फाइन माग्नु एक जना महिला टिकट परीक्षकको लागि ज्यानमारा साबित भयो। दक्षिण पूर्व रेलवेको सियालदह दक्षिण खण्डको क्यानिंग स्टेशनमा बुधवार बिहान लगभग 8 बजी एक जना महिला यात्रीले कथित रूपमा एक जना महिला रेलकर्मीमाथि कुटपिट गरी साथै उसको पहिचान पत्रको रिबनले उसको गला दबाउने चेष्टा गरी।
रेल सूत्र अनुसार पीड़ित टिकट परीक्षकको नाम तनुश्री घड़ुई हो जसले सदा जस्तै स्टेशनमा यात्रीहरूको टिकट जाँच गरिरहेकी थिइन्। सोही समय एक जना महिला यात्रीसित टिकट माग्दा विवाद शुरू भयो। आरोप छ, महिला यात्रीले अकारण बहस शुरू गरी जुन हेर्दा-हेर्दै कुटपिटमा परिणत भयो। तनुश्री घाइते भई तथापि कुटपिट हुन छोड़ेन।
आरोप छ, आरोपी महिलाले तनुश्रीको पहिचान पत्रको रिबनले उनको गला दबाउने प्रयास गरी। घटनास्थलमा अन्य रेलकर्मी र आरपीएफ जवान पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। घटनाबाट हतप्रभ तनुश्रीलाई तत्कालै बचाइयो। तथापि घटनापछि आरोपी महिला भागी।
रेल अधिकारीहरूको भनाइ छ, टिकट जाँच गर्ने क्रममा यात्रीहरूसित बहस वा कुटपिटको घटना कुनै नौलो होइन, तर यसपालि मामिला अत्यन्त गम्भीर तथा आतंकित पार्ने किसिमको भएको छ। राजकीय रेल पुलिसमा यस सम्बन्धमा सिकायत द र्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा