कोलकाता, 31 जुलाई (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी 06 अगस्तमा झाड़ग्राममा 'भाषा रैली' को नेतृत्व गर्नेछिन्। यो ऱ्याली भाजपा शासित राज्यहरूमा बंगाली भाषी मानिसहरूमाथि कथित हमलाहरू विरूद्ध विरोध स्वरूप आयोजित गरिँदैछ। शान्तिनिकेतन र कोलकातामा अगावै यस्ता दुई ऱ्यालीको आयोजन गरिसकेकी मुख्यमन्त्री अब जंगलमहलको आदिवासी बहुल क्षेत्र झाड़ग्राममा सड़कमा उर्लिनेछिन्।
राजबाड़ी मोड़देखि सर्कस मैदानसम्म यो ऱ्याली निकालिनेछ, जसमा मुख्यमन्त्री विभिन्न समाजसेवीहरू, सामाजिक संगठनहरू र जनजातिय समुदायहरूको साथ कदमसित कदम मिलाएर हिँड्नेछिन्।
मुख्यमन्त्रीको यस यात्रा र ऱ्यालीको तयारीलाई अन्तिम रूप दिन बुधवार कोलकाताको विधानसभा भवनमा एक उच्चस्तरीय बैठक बस्यो, जसमा राज्यका शहरी विकास मन्त्री फिरहाद हकीम, झाड़ग्राम जिल्ला तृणमूल अध्यक्ष र विधायक दुलाल मुर्मू, बिनपुरको विधायक देवनाथ हांसदा र गोपीबल्लवपुरको विधायक खगेन्द्रनाथ महतो सहित जंगलमहलका अन्य नेता सामेल भए। यसमा सामेल एक अधिकारीले बिहिवार बताए, स्वयं मन्त्री हाकिम यस कार्यक्रमको तयारीहरूको जायजा लिन एक दिन अगावै झाड़ग्राम पुग्नेछन्।
विधायक देवनाथ हांसदाले बताए, मुख्यमन्त्रीको यात्रामा भाषा ऱ्यालीको साथै एक प्रशासनिक बैठक र अन्य कार्यक्रम पनि हुनेछ। ममता ब्यानर्जीले राजबाड़ी मोड़देखि सर्कस मैदानसम्म ऱ्यालीको नेतृत्व गर्नेछिन्, यद्यपि, आवश्यकता परे रूटमा बदलाव पनि गर्नसकिन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी