मुण्डाकोठीमा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न
मुण्डाकोठीमा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न


सोनादा, 01 अगस्त (हि.स.)। रंगबुल धोतरिया रङमुक समष्टि मुण्डाकोठी ग्राम पञ्चायत अनि सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनामा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम आज मुण्डाकोठी प्राथमिक पाठशाला भवनमा सम्पन्न भयो।

कार्यक्रममा जीटीएको डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेस चौहान, ओसी सोनादा आउट पोष्ट योगेस ठकुरी, एएसआई आनन्द श्रेष्ठ, एसआई निरज सुन्दास, जोरबंगलो पुलिस थाना, मुण्डाकोठी ग्राम पञ्चायतको पञ्चायत प्रधान, उप प्रधान, सदस्यहरु, मुण्डाकोठी उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापिका सुधा राई लगायत अन्यहरु उपस्थित रहेका थिए।

कार्यक्रममा विद्यार्थीहरु र स्थानीय विभिन्न समाजका मानिसहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सोनादा पुलिस आउट पोष्टका ओसी योगेस ठकुरीले ड्रग्स रोकथाममाथि बोल्दै ड्रग्सको दल दलमा कसरी फसिन्छ र यसबाट जोगिने उपायहरु विषयमा जानकारी गराए। उनले ड्रग्स रोकथामको लागि समाजहरु पनि जागरुक भएर अघि आउनु पर्ने र समाजले मिलेर ड्रग्स रोकथामको लागि पहल गर्नुपर्ने आह्वान गरे।

कार्यक्रममा जोरबंगलो पुलिस थानाका एसआई निरज सुन्दासले साईबर क्राइम विषयमा सचेतना गराउँदै अनलाइन ठगीबाट जोगिनुपर्छ र जताभावी लिंकहरू क्लिक गर्नु नहुने बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande