विभिन्न समस्याहरु विषयमा उजेरी बस्तीको ग्राम सुधार समितिद्वारा खरसाङ नगरपालिकामा ज्ञापन
विभिन्न समस्याहरु विषयमा उजेरी बस्तीको ग्राम सुधार समितिद्वारा खरसाङ नगरपालिकामा ज्ञापन


खरसाङ, 01 अगस्त (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 19 स्थित उजेरी बस्तीका 66 घरधुरीलाई समेटेर गठित ग्राम सुधार समितिका प्रतिनिधिहरूले आज नगरपालिकाका अध्यक्ष र उपाध्यक्षलाई भेट गरी विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएका छन्।

उक्त ज्ञापन पत्रमा हाउसिङ फर् अल योजनाको रकममा देखिएको अनियमितता, स्वच्छ पेयजल उपलब्धताको अभाव, सडकको मरम्मति, ग्रामवासी धिरज पहरीको घर छेउको पैह्रोको जोखिम, क्याच ड्रेनको निर्माण आवश्यकताजस्ता विषयहरू स्पष्ट रूपमा उठाइएको जानकारी प्राप्त भएको छ। त्यस्तै स्ट्रीट लाइटको संख्या वृद्धि गर्नुपर्ने आवश्यकता पनि समितिले औँल्याएको छ।

भेटपछि ग्राम सुधार समितिका पदाधिकारी लाक्पा लामा र सन्तोष पहरीले पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ नगरपालिकाको तर्फबाट सकारात्मक आश्वासन प्राप्त भएको जानकारी दिएका छन्। उनीहरूका अनुसार, आगामी दिनहरूमा उक्त विषयहरूमा कार्यान्वयनको अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande