पत्नीमाथि अभद्र टिप्पणी हत्याको प्रमुख कारण, दुई पक्राउ
पत्नीमाथि अभद्र टिप्पणी हत्याको प्रमुख कारण, दुई पक्राउ


सिलगढ़ी, 30 जुलाई (हि.स.)। खोरीबाड़ी ब्लकको बुरागञ्जमा एकजना ई-रिक्शा (टोटो) चालकको हत्या भएको 24 घण्टाभित्रै खोरीबाड़ी पुलिसले मामिलाको खुलासा गरेको छ। मृतकको छिमेकी बिमल बर्मन र सुजय रायलाई हत्याको आरोपमा पक्राआउ गरिएको छ। दुवै नै बुरागञ्जको बकतरभिटा क्षेत्र निवासी हुन्।

उल्लेखनीय छ, गए मंगलवार बिहान खोरीबाड़ीको सुबलजोत गाउँमा ई-रिक्शा चालक सुजय सरकारको शव भेटिएको थियो जो बुरागञ्जको बकतरभिटा क्षेत्रमा बस्थे। मृतक परिवारले उसको हत्या भएको दाबी गरेको थियो। त्यसपछि पुलिसले जाँच शुरू गऱ्यो। अन्ततः गए मंगलवार साँझसम्ममा मृतकका दुई संदिग्ध साथीहरूलाई हिरासतमा लियो। दुवैसित लामो जाँचबुझ गरियो जसमा दुवैले हत्या गरेको स्वीकारे।

पुलिस सूत्र अनुसार मृतकसित दुवै साथीले गत सोमवार राती सँगै रक्सी खाएका थिए। त्यसपछि मृतक ई-रिक्शा चालकले बिमल बर्मनकी पत्नीमाथि केही अभद्र टिप्पणी गरेको कारणले विवाद भएको थियो। आरोप छ, दुवैले सुजय सरकारको गलामा तौलियाले बाँधेर उसको हत्या गरिदिए। खोरीबाड़ी थानाको पुलिसले बुधवार दुवै आरोपीलाई सिलगढ़ी अदालतमा पेश गरी दश दिनको पुलिस रिमाण्डमा राख्ने अनुरोध गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande