सोनापुरको सामता काली मन्दिरमा चोरी
सोनापुरको सामता काली मन्दिरमा चोरी


गुवाहाटी, 30 जुलाई (हि.स.)। असमको राजधानी गुवाहाटीको सोनापुर थानान्तर्गत सामता काली मन्दिरमा चोरी भएको मामिला प्रकाशमा आएको छ। चोरहरूले मन्दिरबाट सुनको गहना सहित दानपात्र भत्काएर त्यहाँको पैसा लिएर भागे।

यो काली मन्दिर सोनापुर थानादेखि पाँच किलोमीटर टाड़ामा छ। चारजना चोरहरूको दलले मन्दिरबाट सुनको आभूषण सहित दानपात्रबाट पैसा चोरेर भाग्यो।

वास्तवमा यस मन्दिरमा चोरी भएको यो पहिलो मामिला होइन। यहाँ अहिलेसम्ममा छः पटक चोरी भइसकेको छ। तथापि पुलिसले अहिलेसम्म एकजना चोरलाई पनि समातेको छैन जसले गर्दा स्थानीय मानिसहरू रूष्ट भएका छन्। चोरीको यस मामिलामा स्थानीय मानिसहरूले सीसीटीभी फुटेजको जाँच गरेर यथाशीघ्र चोरहरूलाई पक्राउ गर्ने माग पुलिससित गरेका छन्।

स्थानीय पुलिसले बतायो, मन्दिरमा गए राती भएको चोरीको घटनाको सम्पूर्ण दृश्य सीसीटीभी क्यामरामा कैद भएको छ। सीसीटीभी फुटेजको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande