कोरबाको धनवार गाउँमा कुवा धसिएर तीन जना बेपत्ता, पति-पत्नीको शव भेटियो
कोरबाको धनवार गाउँमा कुवा धसिएर तीन जना बेपत्ता, पति-पत्नीको शव भेटियो


कोरबा, 30 जुलाई (हि. स.)। धनवार गाउँमा कुवा धसिएर एउटै परिवारका तीनजना सदस्यहरू बेपत्ता भएका थिए। यसबीच कुवा छेउमा चप्पल भेटिएकोले आशंका व्यक्त गरिँदैछ कि उनीहरू कुवामा दबिएको हुनसक्छ। तत्कालै यसको सूचना पुलिसलाई दिइयो। पुलिस र स्थानीय मानिसहरूले मिलेर बचाउ कार्य शुरू गरे। आज बुधवार दुईजना मानिसहरूको शव भेटिएको छ।

जानकारी अनुसार कुवाको गहिराई लगभग 40 फुट रहेको छ र यसलाई गर्मी याममा खनाइएको थियो। वर्षाले गर्दा तल्लो श्रोत र कुवामा विपरीत प्रभाव पाऱ्यो जसले गर्दा यो धसियो।

यस घटनामा बेपत्ता मानिसहरूमा छेदुराम श्रीवास (65), उनकी पत्नी कञ्चन बाई (53) र उनीहरूको 30 वर्षीय पुत्र गोविन्द श्रीवास सामेल छन्। बचाउ कार्य अवधि बुधवार पति-पत्नीको शव भेटिए पनि छोराको शव नभेटिएकोले खोजी कार्य जारी छ।

कटघोरा थाना प्रभारी धर्म नारायण तिवारीले बताए, पति-पत्नीको शव विभत्स स्थितिमा भेटिएको छ जसमध्ये एक जनाको टाउको छैन भने अर्कोको हात छैन। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande