बजाली जिल्ला आयुक्त कार्यालयमा कृषि यान्त्रिकीकरण उपयोजना अन्तर्गत ट्र्याक्टर वितरण
बजाली जिल्ला आयुक्त कार्यालयमा कृषि यान्त्रिकीकरण उपयोजना अन्तर्गत ट्र्याक्टर वितरण


बजाली (असम), 30 जुलाई (हि.स.)। असम सरकारको कृषि विभागको प्रयासले सहायक कार्यकारी अभियन्ता पाठशाला, बजाली जिल्ला कार्यालयद्वारा प्रारम्भ गरिएको कृषि यान्त्रिकीकरण उपयोजना- 25-26 अन्तर्गत बुधवार कृषि कार्यमा प्रयोग गरिने यन्त्रहरूको वितरण गरियो। यस कार्यक्रमको औपचारिक शुभारम्भ बजाली जिल्ला आयुक्त मृदुल कुमार दासले गरे।

बजाली जिल्लामा आवन्टित 18 पावर टिलर्समध्ये आज 14 पावर टिलर 14 जना किसानहरूबीच वितरणको समानन्तर 95 प्रतिशत सरकारी सहायतासितै 03 वटा ट्र्याक्टर प्रदान गरियो।

बजाली जिल्ला कृषि अधिकारीद्वारा यस्तो सरकारी सहायता प्राप्त पावर टिलर र ट्र्याक्टर प्राप्त गर्नको लागि किसानहरूसित कृषि विभाग कार्यालयमा आएर आवेदन गर्ने अनुरोध गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande