राष्ट्रपति द्रौपदी मुर्मूको दौड़ाहलाई लिएर कोलकाता केही भागहरूमा यातायातमाथि रोक
राष्ट्रपति द्रौपदी मुर्मूको दौड़ाहलाई लिएर कोलकाता केही भागहरूमा यातायातमाथि रोक


कोलकाता, 30 जुलाई (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू आफ्नो दुई दिवसीय पश्चिम बंगाल दौड़ाहमा बुधवार कोलकाता आइरहेकी छन्। उनको दौड़ाहलाई मध्यनजर गर्दै शहरका कतिपय स्थानहरूमा ट्राफिक प्रतिबन्ध लागू गरिएको छ। राष्ट्रपति दक्षिणेश्वरमा पनि पुग्नेछन् जहाँ उनलाई स्वागत गर्नको लागि विशेष तयारी गरिएको छ।

कोलकाता पुलिसद्वारा जारी एक बयान अनुसार राष्ट्रपति बुधवार कोलकातामा रहनेछन् भने बिहीवार बिहान दिल्ली फर्किनेछन्।

लालबाजार पुलिस मुख्यालयद्वारा बताइएको छ, राष्ट्रपतिको भ्रमणलाई केन्द्र गर्दै आज साँझ 4:30 बजीदेखि राति 9:00 बजीसम्म अनि भोलि बिहान 8:00 बजीदेखि अपरान्ह 1:00 बजीसम्म शहरका केही प्रमुख शहरहरूमा ट्राफिक नियन्त्रण लागू रहनेछ। यसको साथै आज बिहान 6:00 बजीदेखि बिहीवार राति 10:00 बजीसम्म राजभवन वरिपरी भारी मालवाहक वाहनहरूको आवागमन पूर्ण रूपले प्रतिबन्धित रहनेछ।

पुलिसले स्पष्ट पाऱ्यो, राष्ट्रपतिको अन्तिम मार्गको पुष्टि अहिलेसम्म भएको छैन, तर ट्राफिक विभागलाई निर्देश दिइएको छ, कुनै पनि सड़क बन्द रहेको अवस्थामा वैकल्पिक मार्ग उपलब्द गराइयोस्।

दक्षिणेश्वर मन्दिरमा राष्ट्रपतिको यो पहिला दौड़ाह हुनेछ। उनको आगमनलाई लिएर मन्दिर प्रशासनले विशेष व्यवस्था गरेको छ। यस अतिरिक्त राष्ट्रपतिले राधाकृष्ण मन्दिर, श्रीरामकृष्णको कक्ष औ रानी रासमणिको मन्दिर पनि दर्शन गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande