ठाणेमा 4 करोड़को ड्रग्स सहित दुई पक्राउ
ठाणेमा 4 करोड़को ड्रग्स सहित दुई पक्राउ


मुम्बई, 30 जुलाई (हि.स.)। ठाणे जिल्लाको मुंब्रा क्षेत्रमा ठाणे क्राइम ब्राञ्चको एन्टी- नारकोटिक्स स्क्वायडले चार करोड़ रुपियाँको ड्रग्स सहित दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। यस मामिलामा ठाणे पुलिसले मुख्य ड्रग्स तस्करलाई खोजिरहेको छ।

ठाणे पुलिस सूत्रले बुधवार बतायो, ठाणे एन्टी-नारकोटिक्स सेललाई गुप्त सूचना प्राप्त भएको थियो कि एक जना डिलीभरी ब्वोय मुुंब्रा शिल डायघर नजिक ड्रग्स लिएर आइरहेका छन्। त्यसपछि ठाणे पुलिसले धराप थापेर दुवैलाई पक्राउ गऱ्यो जसबाट दुई किलोभन्दा अधिक ड्रग्स जफत गऱ्यो।

पुलिसले बतायो, जफत गरिएको ड्रग्सको मूल्य लगभग चार करोड़ रुपियाँ रहेको छ। दुवै आरोपीमध्ये एक जना इरफान अमानुल्लाह शेख (36) पनवेल निवासी हो भने उसले डिलीभर ब्वोयको रूपमा काम गर्दै आएको थियो। अर्को आरोपी शाहरूक मेवाशी उपनाम रिजवान (28) शिल डायघरमा बस्छ जसले म्याकेनिकको काम गर्छ। पुलिसले दुवैलाई पक्राउ गरी अदालतमा पेश गऱ्यो जहाँबाट चार दिनको पुलिस हिरासतमा राख्ने अनुमति दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande