गान्तोक, 30 जुलाई (हि.स.)। केही दिनअघि पश्चिम सिक्किमको लेगसेपस्थित गेमन पुलबाट आफ्नी सात महिनाकी नाबालिग छोरीसॅंगै कथित हाम फालेका दिनेश दासको शव फेला परेको छ। उनको शव गत आइतवार पिपले ड्याम छेउ रङ्गीत नदी किनारमा भेटिएको पुलिस सूत्रहरूले जानकारी गराएको छ।
पुलिस रिपोर्ट अनुसार, प्रतिकूल भूभाग, कम दृश्यता र बढ्दो नदीको अवस्थाका कारण घटनास्थलमा जॉंच गर्न सकिएन। आफन्तहरूले शव पहिचान गरेपछि नाम्ची जिल्ला अस्पतालको शवगृह पठाइयो। 28 जुलाईका दिन जोरथाङका एसडीएमले दुई जना स्वतन्त्र साक्षीहरूको उपस्थितिमा शव जॉंच गरे। यसपछि, शव पोस्टमार्टमको निम्ति पठाइयो। चिकित्सा-कानूनी औपचारिकताहरू पूरा गरेपछि शव आफन्तहरूलाई हस्तान्तरण गरियो।
उल्लेखनीय छ, गत 25 जुलाईका दिनेश दास आफ्नी नाबालिग छोरीलाई लिएर गेमन पुलबाट हाम फालेका थिए। यस घटनाको सम्बन्धमा गत 27 जुलाईका दिन मणि कुमार शर्माले जोरथाङ पुलिस थानामा प्राथमिकी दर्ता गराएका छन्। घटनालाई लिएर पुलिसको जॉंच जारी रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल