मुम्बई, 31 जुलाई (हि.स.)। महाराष्ट्रको मालेगाउँमा 29 सेप्टेम्बर 2008 मा भएको बम विस्फोट मामिलामा बिहिवार मुम्बईको विशेष एनआईए कोर्टले आरोपी साध्वी प्रज्ञा सिंह ठाकुर, लेफ्टिनेन्ट कर्नल प्रसाद पुरोहित सहित सबै सात आरोपीलाई बरी गरेको छ। जाँच दल यस मामिलामा साक्ष्य जुटाउन विफल रहेको छ, कोर्टले भन्यो।
विशेष न्यायाधीश एके लाहोटीले यस मामिलाको फसेला सुनाउँदै भने, केवल संदेहको आधारमा मामिलालाई अगाड़ी बढ़ाउन मिल्दैन। उनले जोड दिएर भने, अभियोजन पक्ष आरोपीहरू विरूद्ध सन्देह बाहिर आरोपहरू प्रमाणित गर्नमा असफल रह्यो। समाज विरूद्ध एक गम्भीर घटना घटेको छ तर अदालतले केवल नैतिक आधारमा दोषी ठहर गर्नसक्दैन।
कोर्टले भन्यो, जाँच दलले बम विस्फोटमा उपयोग गरिएको बाइकको पहिचान गर्नसकेको छैन। यसैगरी जाँच एजेन्सीले घटनामा उपयोग गरिएको आरडीएक्स ल्याइएको र त्यसको ट्रान्सपोर्टेशनको पनि साक्ष्य दिन सकेन। यसैले जाँच एजेन्सीको तर्फबाट लगाइएको आरोप प्रमाणित भइऱहेको छैन। कोर्टले स्पट पंचनामा र जाँचमाथि पनि टिप्पणी गरेको छ। कोर्टले यस घटनामा मृतकहरूका परिजनहरूलाई 2-2 लाख रूपियाँ र घाइतेहरूलाई 50 हाजर रूपियाँ क्षतिपूर्ति दिने आदेश दिएको छ।
उल्लेख्य, 29 सेप्टेम्बर 2008 मा मुस्लिम बहुल शहर मालेगाउँमा एक मोटरसाइकलमा विस्फोट हुँदा 6 जनाको मृत्यु भयो र 100 भन्द धेरै घाइते भएका थिए। यस मामिलाको जाँच शुरूमा महाराष्ट्र आतङ्कवाद निरोधक दस्ता (एटीएस) द्वारा गरिएको थियो, जसलाई 2011 मा एनआईएलाई सुम्पिएको थियो। एनआईएले यस मामिलामा साध्वी प्रज्ञा सिंह ठाकुर, कर्नल प्रसाद पुरोहित, मेजर रमेश उपाध्याय, समीर कुलकर्णी, अजय राहिरकर, सुधाकर चतुर्वेदी र सुधाकर द्विवेदीलाई पक्राउ गरेको थियो। आज कोर्टमा फसेला सुनाएको समय सबै आरोपीहरू कोर्टमा उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी