ट्रम्पले टेरिफ लगाए पनि केन्द्रले राष्ट्रहितसित कुनै सम्झौता गर्नेछैन- मायावती
मायावती


लखनऊ, 31 जुलाई (हि.स.)। बहुजन समाज पार्टीकी राष्ट्रिय अध्यक्ष एवं उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री मायावतीले अमेरिकाले टेरिफ बढ़ाउँदा केन्द्र सरकारले राष्ट्रहतिसित कुनै सम्झौता गर्नेछैन भनी देशवासीहरूलाई आश्वस्त गरेकी छन्।

पूर्व मुख्यमन्त्री मायावतीले बिहिवार आफ्नो सोशल मीडिया अकाउन्ट एक्समा लेखेकी छन्, मित्र देश बताएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय आयातमाथि 01 अगस्तदेखि 25 प्रतिशत शुल्क तथा रूसबाट तेल आयात गर्दा पेनाल्टी लगाएपछि अघि आएको नयाँ चुनौतीलाई केन्द्र सरकारले अवसर र आत्मनिर्भरतामा परिणत गरेर देशको अर्थव्यवस्थालाई प्रभावित हुन दिनेछैन। सरकाद्वारा देशलाई दिइएको आश्वासन ‘किसान, साना र मध्यम उद्योग र राष्ट्रहितसित कुनै समझौता गरिनेछैन’ मा केन्द्र सरकार सफल भएर देखाउनेछ भनेर देश आशावान् छ।

उनले लेखिन्, भारत विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको अधिकतर गरीबहरू र परिश्रमी मानिसहरूको देश हो, हरेकलाई काम दिने श्रम शक्तिको बुतामा देशलाई अगाड़ी बढ़ाउने नीति बनाएर, त्यसमा सही तरीकाले क्रियान्वयन गरियो भने देश निश्चय नै आत्मनिर्भरताको साथै ’सर्वजन हिताय र सर्वजन सुखाय’ को सुखी र सम्पन्न देश बन्नसक्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande