विद्या भारती सिक्किमका संयोजकले गरे रानीपुल र तादोङ विद्यालयको प्रवास
विद्या भारती सिक्किमका संयोजकले गरे रानीपुल र तादोङ विद्यालयको प्रवास


गान्तोक, 31 जुलाई (हि.स.)। विद्या भारती सिक्किम प्रान्तका संयोजक मोहन शर्माले गत 29 र 30 जुलाई, 2025 का दिन गान्तोक जिल्ला अन्तर्गत सरस्वती विद्या निकेतन, रानीपुल र तादोङ विद्यालयको प्रवास गरे। यस अवधि उनले विद्यालयमा विद्यार्थीहरूको शैक्षिक स्थिति, शिक्षण पद्धति र विद्यालयका विभिन्न गतिविधिहरूको बारेमा जानकारी लिए।

संयोजक शर्माले आचार्य र विद्यार्थीहरूसॅंग संवाद गर्दै शिक्षाको गुणवत्ता सुधार, नैतिक मूल्यहरूको विकास र विद्या​र्थीहरूको समग्र विकासमाथि जोड दिए। उनले विद्या भारतीको उद्देश्य अनुरूप शैक्षिक नवाचार र सांस्कृतिक गतिविधिहरूलाई बढावा दिन प्रोत्साहित गरे।

प्रवासको क्रममा विद्यालयहरूमा चलिरहेका गतिविधिहरू जस्तै खेल, सांस्कृतिक कार्यक्रम र शैक्षिक परियोजनाहरूको समीक्षा गरियो। संयोजक शर्माले विद्यार्थीहरूसॅंग उनीहरूको लक्ष्य र आकांक्षाहरूको बारेमा चर्चा गरे। उनले विद्यार्थीहरूलाई मेहनत र अनुशासनका साथ आफ्ना सपनाहरूलाई साकार बनाउन प्रेरित गरे।

विद्या भारती सिक्किम प्रान्तको यस प्रयासको उद्देश्य राज्यमा शिक्षाको स्तरलाई अझ सुदृढ गर्नु र विद्यार्थीहरूमा भारतीय संस्कृति र मूल्यहरूप्रति जागरूकता बढाउनु रहेको प्रान्त प्रचार प्रमुख सूर्य धितालले विज्ञप्तिमा बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande