सिलगढ़ी, 04 जुलाई (हि. स.)। कोलकाताको दक्षिण कलकत्ता ल कलेजमा एक जना छात्रासित भएको सामूहिक दुष्कर्मपछि शिक्षा संस्थानहरूको सुरक्षालाई लिएर गम्भीर प्रश्न उठिरहेको छ।
यसबीच सिलगढ़ी कलेजमा सुरक्षालाई अझ् सशक्त बनाउने उद्देश्यले नयाँ सीसीटीभी क्यामराहरू जड़ान गरिनेछ। सिलगढ़ी कलेजका प्रिन्सिपल सुजीत घोषले यस आशयको जानकारी गराए।
वास्तवमा सिलगढ़ी कलेजमा धेरै वटा बिल्डिंगहरू छन्, तर सम्पूर्ण परिसरमा मात्र 16 वटा सीसीटीभी क्यामरा छ जुन कलेज परिसर अनि केही कक्षाहरूसम्म मात्र सीमित छ जसलाई लिएर अभिभावक अनि शिक्षकहरूले विद्यार्थीहरूको सुरक्षाप्रति चिन्ता व्यक्त गरे। त्यसपछि कलेज प्रबन्धकहरूले थप सीसीटीभी क्यामरा जड़ान गर्ने निर्णय लिएको छ।
सिलगढ़ी कलेजका प्रिन्सिपल सुजीत घोषले बताए, शिक्षक-शिक्षिकाहरू 108 जना छन् भने 40 जना अशिक्षण कर्मचारीहरू छन्। सुरक्षाको दृष्टिले 16 वटा सीसीटीभी क्यामरा जड़ान गरिएको भए पनि यो अपर्याप्त छ। त्यसैले थप सीसीटीवी क्यारा जड़ान गरिनेछ। कलेजको मुख्य प्रवेश द्वारमा पनि निगरानी कड़ा गरिनेछ। उनले भने, विद्यार्थीहरूको सुरक्षा हाम्रो प्राथमिकता हो। कलेजको हरेक महत्वपूर्ण भागमा निगरानी राख्नको लागि सीसीटीभी क्यामरा जड़ान गर्ने कार्य चाँड़ै शुरू गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा