कोकराझाड़ (असम), 4 जुलाई (हि.स.)। बोडोल्याण्ड टेरिटोरियल कउन्सिलद्वारा 'बोडोल्याण्ड स्पीक्स: फ्रम भिजनन टू एक्शन' नामक एक ऐतिहासिक कार्यक्रमको आयोजन गरिँदैछ जसले बोडोल्याण्ड टेरिटोरियल रीजन (बीटीआर)-का आकांक्षा, उपलब्धि अनि आवाजहरूलाई एउटै मञ्चमा ल्याउनेछ।
यस कार्यक्रमको उद्घाटन मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाद्वारा आगामी 6 जुलाईमा श्रीमन्त शंकरदेव इंटरनेशनल अडिटोरियम, गुवाहाटीमा बीटीआरका मुख्य कार्यकारी सदस्य प्रमोद बोरो एवं अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा गरिनेछ। कार्यक्रमको मुख्य उदेश्य बीटीआरका यात्रालाई संघर्षदेखि सहयोग अनि विच्छिन्नदेखि समावेशनको दिशामा प्रस्तुत गर्नु हो जसमा संस्कृति, भाषा, शासन औ धरातलीय स्तरको सहभागिता प्रमुख पक्ष हुनेछ।
यस अवसरमा ट्रान्सफर्मिंग बोडोल्याण्ड- ए जर्नी अफ चेञ्ज इन बीटीआर, लुकिंग विदीन माई रिफ्लेक्शंस (लेखक बीटीआर सीईएम प्रमोद बोरो), तथा बोडोल्याण्ड हैप्पीनेस मिशन- को वार्षिक रिपोर्ट (2024–25) जस्ता पुस्तकहरूको लोकार्पण हुनेछ। साथै बीटीआर कम्युनिकेशन ब्रिज नामक 600 पृष्ठको ऐतिहासिक पुस्तकको पनि विमोचन गरिनेछ जसमा 1001 आवश्यक शब्द र 1001 दैनिक प्रयोगका वाक्यहरूलाई 18 वटा क्षेत्रीय भाषाहरूमा अनुदित रूपमा दिइएको छ जसमा बोड़ो, असमिया, राभा, कुड़ुख, सादरी, नेपाली, देशी समेत बीटीआरका 26 वटा भाषागत समुदायहरूको विविधतालाई समाहित गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा