फरिदकोटका डीएसपी राजनपाल भ्रष्टाचारको मामिलामा समातिए
फरिदकोटका डीएसपी राजनपाल भ्रष्टाचारको मामिलामा समातिए


चण्डीगढ़, 4 जुलाई (हि.स.)। पञ्जाब सरकारले भ्रष्टाचारको एक मामिलामा कारबाही गर्दै फरिदकोटका डीएसपी क्राइम अगेन्स्ट वुमेन राजनपाललाई पक्राउ गरिएको छ। डीएसपीले आफूविरूद्ध भ्रष्टाचारको सिकायतलाई रद्द गर्नको लागि एक लाख रुपियाँ घूस दिने चेष्टा पनि गरेका थिए।

पुलिस अनुसार डीएसपीविरूद्ध भ्रष्टाचारको सिकायत आएपछि उनले सिकायतलाई सेटल गराउने प्रयास गरेका थिए। यसको लागि उनले एक लाख रुपियाँ घूस दिने प्रस्ताव राखेका थिए। पुलिसले डीएसपीविरूद्ध भ्रष्टाचार विरोधी कानून अन्तर्गत एफआईआर दर्ता गरी तिनलाई पक्राउ गरेको छ। विभागीय कारबाहीको आदेश दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande