गान्तोक, 04 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज जूम-सालघारी निर्वाचन क्षेत्र अन्तर्गत बैगुनेमा प्रस्तावित मयूर पार्क परियोजना स्थल निरीक्षण गरे। भ्रमणको क्रममा मुख्यमन्त्रीले प्रस्तावित नक्शाको समीक्षा गर्दै त्यहॉं भइरहेको आधारभूत कार्यको जाँच गरेको आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्।
अधिकारीहरूले मुख्यमन्त्रीलाई परियोजनाको वर्तमान स्थिति, समयसीमा, योजनाबद्ध सुविधाहरू र विकासको दायराको बारेमा जानकारी गराए। यस परियोजनाले पारिस्थितिक पर्यटनलाई प्रवर्द्धन गर्ने र क्षेत्रको प्राकृतिक आवासलाई संरक्षित गर्ने ठूलो सम्भावना रहेको उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले दिगो डिजाइन तत्वहरू समावेश गर्न र क्षेत्रको समृद्ध जैवविविधता र सांस्कृतिक सार प्रतिबिम्बित गर्ने कुरा सुनिश्चित गर्न जोड दिए। उनले सम्बन्धित अधिकारीहरू, अभियन्ताहरू र सरोकारवालाहरूसँग पनि अन्तरक्रिया गरे र परियोजना समयमै र दिगो रूपमा अगाडि बढ्न सुनिश्चित गर्न आवश्यक सुझाउहरू दिए। उनले गुणस्तर मापदण्डहरू कायम राख्न र बैगुनीमा ऐतिहासिक गन्तव्य सिर्जना गर्ने दृष्टिकोणलाई कायम राख्न प्रोत्साहित गरे।
हिन्दुस्थान समाचार / बिशाल