मुर्शिदाबाद, 04 जुलाई (हि. स.)। प्रधानमन्त्री आवास योजना अन्तर्गत पक्का घर दिलाउने नाममा करोड़ौं रुपियाँ असुल गरेको आरोप उठेको छ। घर नपाएपछि मुर्शिदाबादको डोमकल क्षेत्रबाट लगभग पचास परिवार तृणमूल कंग्रेसलाई त्यागेर आज माकपामा सामेल भए। एकैसाथ यति धेरै परिवारहरूको दलबदलबाट क्षेत्रमा माकपाको शक्ति बढ़ेको छ। ग्रामीण तृणमूल पार्टी कार्यालयमा अब माकपाले कब्जा गरेको छ।
मुर्शिदाबाद जिल्लाको डोमकल नगर पालिकाको 16 नम्बर वार्ड वा 144 नम्बर बूथका यी पचास परिवारहरू पहिला तृणमूलका समर्थक थिए। उनीहरूको आरोप छ, प्रधानमन्त्री आवास योजना अन्तर्गत पक्का घर बनाइदिने नाममा स्थानीय तृणमूल नेताहरूले उनीहरूबाट पैसा असुल गरे। तर अन्तमा उनीहरूले घर पाएनन्। यो आरोप सोझै तृणमूल विधायक जाफिकुल इस्लामको भाइ तथा शासक पार्टीका वार्ड अध्यक्ष जाहँगीर हुसैनमाथि लागेको छ। डोमकलस्थित दक्षिण नगरको 144 नम्बर बूथमा तृणमूल पार्टीको अफिस सामु नै यो दलबदलको कार्यक्रम सम्पन्न भयो। दलबदलपछि माकपाले तृणमूलको कार्यालयमा कब्जा गऱ्यो। यस घटनाक्रमको कारणले क्षेत्रमा राजनीतिक गतिविधि तीव्र भएको छ।
ग्रामीणहरूको भनाइ छ, क्षेत्रका तृणमूल नेताहरूले लगातार बलजफ्ती असुली तथा अत्याचार गर्दै आइरहेका छन्। पार्टीको यस किसिमको गतिविधिबाट दिक्क भएर यी परिवारहरूले माकपामा सामेल हुने फसेला लिएका हुन्।
तथापि तृणमूल वार्ड अध्यक्ष जाहँगीर हुसैनले सबै आरोपहरूलाई शिराबाट खारेज गरिदिएका छन्। उनले भनेका छन्, राज्यभरि नै माकपा, कंग्रेस र भाजपाले मिलेर तृणमूल विरूद्ध झुटो तूफान सृजना गर्न चाहन्छ। तर चुनाउपूर्व यस प्रकारको षड़यन्त्रले कुनै प्रभाव पार्नेछैन। जनताले सबै बुझेका छन्।
माकपा नेता मुस्ताफिज़ुर रहमान राणाले भने, तृणमूल विधायकको भाइले जति अत्याचार तथा असुली गरेका छन्, त्यसलाई अब जनताले सहन गर्नेछैन। त्यसैले यति धेरै संख्यामा तृणमूललाई छोड़ेर माकपामा सामेल भइरहेका छन्। गलत काम गर्नेहरूले निश्चय पनि परिणाम भोग्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा