राँची, 04 जुलाई (हि.स.)। भाजपा प्रदेश अध्यक्ष औ नेता प्रतिपक्ष बाबूलाल मराण्डीले युवाहरूको प्रश्नमा हेमन्त सरकारलाई लक्षित गरेका छन्।
मराण्डीले सोशल मीडिया एक्समा शुक्रवार लेखेका छन्, विधानसभा चुनाउपूर्व राज्य सरकाकरले उत्पाद सिपाही भर्तीको दौड़ आयोजना गरेको थियो। सरकारको कुव्यवस्था अनि हठधर्मिताको कारण केही युवाहरूको मृत्यु हुनथाल्यो, किनभने सरकारले दौड़लाई रोकेन जसले गर्दा मृत्युको आँकड़ा बढ़्दै गयो। उनले भने, युवाहरूलाई आशा थियो कि सरकारले चाँड़ै लिखित परीक्षा लिनेछ, तर हेमन्त सरकार गठन भएको 6 महिना बितिसक्दा पनि लिखित परीक्षा नभएको कारण अहिलेसम्म उत्पाद सिपाही भर्ती प्रक्रियामाथि अनिश्चितता कायम छ।
उनले भने, झारखण्डका युवाहरू हेमन्त सरकारको राजनीतिको सबैभन्दा सहज शिकार हुन्। साधन सम्पन्न धनाढ्य परिवारमा जन्म लिएको कारण मुख्यमन्त्री हेमन्त सोरेनले आफ्नो युवावस्थामा साधारण युवकहरूको संघर्षलाई महसूस गरेका छैनन्। त्यसैले उनको शासन पद्धतिमा पनि युवाहरूप्रति संवेदनहीनता देखिन्छ। उनले भने, मुख्यमन्त्री हेमन्त सोरेन आफ्नो सबै लाजलाई त्यागेर युवाहरूको मुद्दाप्रति बेपरवाह भएको देखिन्छ। युवाहरूले नोकरीको माग गर्नसाथ परीक्षा क्यालेण्डर थमाइन्छ।
उनले भने, आज झारखण्डमा युवाहरूको भविष्य अन्धकारमय भइसकेको छ। कुनै ठोस नियोजन नीति, पारदर्शी परीक्षा, समयमा रिजल्टको सट्टा युवाहरूलाई आश्वासन मात्र दिइन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा