मन्त्री इरफान अन्सारीलाई ज्यानमारा धम्की
मन्त्री इरफान अन्सारीलाई ज्यानमारा धम्की


राँची, 4 जुलाई (हि.स.)। झारखण्डका स्वास्थ्य मन्त्री इरफान अन्सारीलाई गए बिहीवार अबेर राति एक जना अज्ञात व्यक्तिले ज्यानमारा धम्की दियो। उक्त व्यक्तिले मन्त्रीलाई फोन कल गरेर 24 घण्टाभित्रमा उड़ाइदिने धम्की दिँद अपशब्द पनि प्रयोग गऱ्यो। यो धम्की फोन नम्बर 7903928578-बाट आएको थियो जतिबेला मन्त्री अन्सारी दिल्लीमा थिए। अन्सारीले यस घटनाको जानकरी राँची एसएसपीलाई दिएका छन्। एसएसपीले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।

मन्त्रीले यसलाई गम्भीर षड़यन्त्र बताउँद भने, उनी डराउनेवाला छैनन् र जनताको सेवा गरिरहनेछन्। पुलिसले कल नम्बरलाई ट्रेस गरी कलरको पहिचान गर्न तकनिकी जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande