गुवाहाटी, 4 जुलाई (हि.स.)। गुवाहाटीस्थित असम राज्य चिड़ियाघर सहवनस्पति उद्यानबाट एक जना पर्यटक बेपत्ता भएको घटनाले हल्लो-खल्लो मच्चिएको छ। शुक्रवार बिहानदेखि नै पुलिस र वन विभागको टीमले संयुक्त खोजी अभियान चलाइरहेको छ।
पुलिस अनुसार गए बिहीवार साँझ एक जना व्यक्ति एउटा ब्याग बोकेर चिड़ियाघरभित्र पसेका थिए। तर उसलाई बाहिर आएको देखिएन। अबेर राति खोजी गर्ने क्रममा चिड़ियाघरको पहाड़ी क्षेत्रबाट एक जोड़ी जुत्ता र एउटा ब्याग भेटियो।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै पुलिस उपायुक्त (डीसीपी)-को नेतृत्वमा पुलिस दल घटनास्थलमा पुगेको छ। खोजी जारी छ। अन्तिम सूचना प्राप्त हुँदासम्म पर्यटकको बारेमा कुनै सुइँको पाइएको थिएन। प्रशासनले चिड़ियाखानामा आउने-जानेहरूमाथि निगरानी तथा कड़ाई बढ़ाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा