पहलगाम, 4 जुलाई (हि.स.)। अमरनाथ यात्रामा हिँड़ेका श्रद्धालुहरूको दोस्रो टोली शुक्रवार बिहान पहलगामदेखि प्रस्थान भएको छ। श्रद्धालुहरूले यात्रा व्यवस्थाको सराहना गर्दै भने, डराउने कुनै आवश्यकता छैन। तिर्थयात्री मोज सिंहले भने, म नोएडाबाट आएको हुँ र हाम्रो 13 जनाको समूह छ। यो मेरोपहिलो अवसर हो। म अत्यन्त उत्साहित छु। व्यवस्था धेरै राम्रो छ। डराउने कुनै आवश्यकता छैन। श्रद्धालु दिशा चावड़ाले भनिन्, उनले देशमा शान्ति ल्याउनको लागि प्रार्थना गर्नेछन्।
यसबीच तिर्थयात्रीहरूको पहिलो दलले पवित्र अमरनाथ गुफामा पुगेर भजन गायो अनि भगवान शिवको आरती गऱ्यो। पहिलो दल गए बिहीवार बिहान बालटाल बेस क्याम्पदेखि अमरनाथ गुफा तर्फ प्रस्थान भएको थियो। केन्द्रिय मन्त्री शोभा करंदलाजे पनि पहिलो दलका एक जना सदस्य थिइन्। अप्रेल, 2025-मा पहलगाममा भएको आतंकवादी हमलापछि अमरनाथ यात्राको लागि सम्पूर्ण जम्मू क्षेत्रभिर नै कड़ा सुरक्षा व्यवस्था गरिएको छ।
सीआरपीएफ, सेनाएवं पुलिस समेत 50,000भन्दाअधिक जवानहरूलाई तैनाथ गरिएको छ साथै मार्गमा सीसीटीभी, ड्रोन, ज्यामर अनि अनुहार चिन्हित गर्ने तकनिकको माध्यमबाट लगातार निगरानी गरिँदैछ। तिर्थ यात्रा अवधि अधिकतम सुरक्षा सुनिश्चित गर्नको लागि मेडिकल टीम, एयर एम्बुलेन्स तथा आपतकालीन निकासी योजनाहरूको लागि उचित व्यवस्था गरिएको छ। बिहीवारदेखि शुरू भएको अमरनाथ यात्रा बालटाल तथा पहलगाम मार्गबाट संचालन भइरहेको छ। जम्मू-श्रीनगर राजमार्ग अमरनाथको पवित्र गुफा तर्फ जाने हजारौं तिर्थ यात्रीहरूको लागि एक प्रमुख मार्ग हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा