नयाँ दिल्ली, 4 जुलाई (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले संगठित आपराधिक गिरोह विरूद्ध कारबाही गर्दै कुख्यात अपराधी कपिल सांगवान उपनाम नन्दु र वेंकटेश गर्ग ग्यांगका दुई जना शार्प शुटरहरूलााई भिड़न्तपछि पक्राउ गऱ्यो। यो कारबाही एसीपी अशोक शर्माको नेतृत्वमा गरिएको हो।
पुलिस मुताविक भिड़न्त रोहिणी सेक्टर-34 नजिक भएको हो। पुलिस टीमलाई पुख्ता सूचना प्राप्त भएको थियो कि बवाना हत्याकाण्डका भगौड़ा आरोपी सोमबीर उपनाम चिनु आफ्नो साथी विजयसित क्षेत्रमा छ। पुलिसले धराप थापेर आरोपीहरूलाई कैयौं पटक आत्मसमर्पण गर्ने चेताउनी दियो, तर तिनीहरूले पुलिसमाथि गोली चलाउन शुरू गरे जसको जवाफी कारबाहीमा पुलिसले चार राउण्ड गोली चलायो। दुवै आरोपीको खुट्टामा गोली लाग्यो। घाइते आरोपीहरूलाई पुलिसले समातेर नजिकैको अस्पतालमा भर्ती गरायो।
पुलिस अधिकारीअनुसार पक्रा पर्ने सोमबीर उपनाम चिनु हरियाणा निवासी हो जो बवाना हत्याकाण्डमा सामेल थियो। यस घटनामा दीपक नामक युवकको हत्या भएको थियो भने उसकी छोरी आँचललाई पनि गोली लागेको थियो। पक्रा पर्ने अर्को आरोपी विजय चण्डीगढ़को हो। विजयले आरोपी सोमबीरलाई शरण दिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा