आईटीआर भर्नेहरूको संख्यामा वृद्धिलाई पुरीले बताए देशको मजबुत हुँदै गएको अर्थव्यवस्थाको प्रतीक
पुरी


नयाँ दिल्ली, 02 जुलाई (हि.स.)। केन्द्रिय आवास र शहरी कार्य मन्त्री हरदीप सिंह पुरीले देशमा गत 10 वर्षमा इनकम ट्याक्स रिटर्न (आईटीआर) भर्नेहरूको संख्यामा भारी वृद्धिलाई भारतको मजबुत हुँदै गएको अर्थव्यवस्थाको प्रतीक बताएका छन्।

पुरीले शुक्रवार एक्स पोस्टमा लेखेका छन्, वित्त वर्ष 2013-14 मा जहाँ 3.6 करोड़ मानिसहरूले आईटीआर दर्ता गरेका थिए भने वित्त वर्ष 20224-25 मा यो आंकड़ा बढ़ेर 8.5 करोड़सम्म पुग्यो। उनले यस वृद्धिको सराहना गर्दै भने, यस समय लगभग 95 प्रतिशत आईटीआर 30 दिनभित्र प्रोसेस गरिँदैछ, जसले करदाताहरूप्रति सरकारको प्रतिबद्धतालाई दर्शाउँछ।

मन्त्री पुरीले भने, यो ट्रेन्ड देशको बदलिन्दो सोच र बढ्दो ईमानदारीलाई दर्शाउँछ। जब ट्याक्सेशनलाई पारदर्शिता र ईमानदारीले प्रबन्धित गरिन्छ तब यो नागरिकहरूको सशक्तिकरणको एक मजबुत माध्यन बन्छ। पुरीले मोदी सरकारको कल्याणकारी योजनाहरूलाई पनि यस बदलावको श्रेय दिए। उनले भने, यी योजनाहरूले न केवल मानसिहरूलाई लाभ पुऱ्याएको छ तर देशको आर्थिक भागीदारीमा पनि आम नागरिकहरूको भागीदारीलाई बढ़ाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande