प्रधानमन्त्री 18 जुलाईमा बिहार आउने, मोतिहारीमा विशाल जनसभालाई सम्बोधित गर्नेछन्
मोदी


पटना, 04 जुलाई (हि.स.)। बिहार विधानसभा चुनाउहरूलाई लिएर बिहारमा राजनीतिक हलचल तीव्र भएको छ। आगामी बिहार विधानसभा चुनाउमा आफ्नो सय प्रतिशत जित सुनिश्चित गर्न भाजपाले आफ्नो पूरा शक्ति लगाएको छ। यस चुनावी वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदी लगातार बिहार दौड़ामा आइऱहेका छन्।

यसबीच प्रधानमन्त्री मोदी एक पल्ट फेरि बिहार दौड़ाहमा आउनेछन्। 18 जुलाईमा प्रधानमन्त्री मोदीको सम्भावित मोतिहारी दौड़ाह छ। पीएम मोतिहारी स्थित एतिहासिक गान्धी मैदानमा एक विशाल जनसभालाई सम्बोधित गर्नेछन्। उनको आगमनको तयारीलाई लिएर जिल्ला प्रशासन र भाजपा सगंठन दुवै स्तरमा हलचल तीव्र भएको छ।

उपमुख्यमन्त्री सम्राट चौधरी आज मोतिहारी जाने

प्रधानमन्त्रीको मोतिहारी आगमनको तयारीलाई लिएर बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी शुक्रवार मोतिहारी जानेछन्। भाजपा जिल्ला प्रवक्ता प्रकाश अस्थानाले बताए, उपमुख्यमन्त्री सम्राट चौधरी दिउँसो 1 बजी हेलीकप्टरमा मोतिहारी आउनेछन्। उनको साथ पूर्व केन्द्रिय मन्त्री एवं मोतिहारी सांसद राधा मोहन सिंह पनि उपस्थित रहनेछन्। यहाँ उनी सर्वप्रथम प्रशासनिक अधिकारीहरूको साथ पीएम मोदीको सम्भावित कार्यक्रमलाई लिएर बैठक गर्नेछन्। यसपछि पार्टी पदाधिकारीहरूको साथ पनि छुट्टै बैठक हुनेछ।

प्रकाश अस्थानाले भने, पीएम मोदीले आफ्नो यस दौड़ाहमा महिलाहरूका लागि पनि कुनै ठूलो योजना वा प्याकेजको घोषणा गर्नसक्छन्। महात्मा गान्धी केन्द्रिय विश्वविद्यालयको आधारभूत संरचना विकास कार्यहरूको शिलान्यास पनि सम्भावित छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande