राष्ट्रपतिले गरिन् डूरन्ड कप 2025 को ट्रफीहरूको अनावरण
राष्ट्र


नयाँ दिल्ली, 04 जुलाई (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा आय़ोजित एक विशेष समारोहमा डूरन्ड कप टूर्नामेन्ट 2025 को ट्रफीहरूको अनावरण गरिन् औं त्यसलाई हरियो झण्डा देखाइन्।

यस अवसरमा संक्षिप्त सम्बोधनमा राष्ट्रपतिले भनिन्, खेलले अनुशासन, दृढ़ संकल्प र टीम भावनालाई बढ़ाउँछ। खेलहरूमा मानिसहरू, क्षेत्रहरू र देशहरूलाई जोड्ने अनौठो शक्ति हुन्छ। भारतमा खेल राष्ट्रिय एकताको एक शक्तिशाली साधन रहेको छ। जब ओलम्पिक वा कुनैपनि अन्तरराष्ट्रिय आयोजनमा तिरंगा लहराइन्छ तब सबै साथी नागरिक रोमांचित हुन्छन्।

राष्ट्रपतिले फुटबलप्रति देशवाहीरूको विशेष लगाउको पनि उल्लेख गरिन्। उनले भनिन्, यो खेल केवल मनोरञ्जन नभएर जुनून हो। फुटबलको खेल रणनीति, धैर्य र सामूहिक प्रयासको प्रतीक हो। डूरन्ड कप जस्तो आयोजन न केवल खेलको भावनालाई प्रोत्साहित गर्दछ तर फुटबल खेलाड़ीहरूको आगामी पीढ़ीलाई विकसित गर्नमा पनि मद्दत गर्दछ। उनीहरूलाई अगाड़ी बढ्न एक मंच प्रदान गर्दछ।

राष्ट्रपतिले सशस्त्र बलहरूको सराहना गर्दै भनिन्, उनीहरूले डूरन्ड कपको परम्परालाई जीवित राख्न र यसलाई प्रोत्साहन दिनमा महत्वपूर्ण भूमिका निभाएका छन्।

उल्लेख्य, डूरन्ड कप एशियाको सबैभन्दा पुरानो र विश्वको प्रमुख फुटबल टूर्नामेन्टहरूमध्ये एक हो, जसको शुरूआत 1888 मा भएको थियो। यो प्रतियोगिता देशभरिका फुटबल प्रेमीहरूका लागि एक उत्सवको अवसर हुन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande