जम्मू, 4 जुलाई हि.स.। जम्मू-कश्मीरको किश्तवाड़ जिल्लाको वन क्षेत्रमा लुकेर बसेका आतंकवादीहरूलाई समात्नका लागि सुरक्षा बलहरूद्वारा संचालित खोजी अभियान शुक्रवार तेस्रो दिन पनि जारी रह्यो। अधिकारीहरूले बताए, सम्पूर्ण क्षेत्रको घेराबन्दीलाई अझ सशक्त बनाउनको लागि अतिरिक्त तैनाथी गरिएको छ।
यो अभियान गत बुधवार कुचल-चतरू बेल्टको घना जंगल भएको कंजल मांडू क्षेत्रमा आतंकवादीहरू र सुरक्षा बलहरूमाझ भएको भिड़न्तपछि शुरू भएको हो। भिड़न्त त्यसबेला शुरू भयो जतिबेला सेना र सीआरपीएफको सहयोगमा पुलिसले क्षेत्रमा आतंकवादीहरू उपस्थिति रहेको गुप्त जानकारीको आधारमा साँझ लगभग 7.45 बजी कुचलमा घेराबन्दी एवं खोजी अभियान शुरू गऱ्यो।
लुकेर बसेका आतंकवादीहरूलाई समात्नको लागि चटरू वन क्षेत्रमा खोजी कार्यलाई बढ़ाइएको छ। अधिकारीहरूले बताए, यस्तो मानिँदैछ कि आतंकवादीहरूको संख्या दुई-तीन छ। खोजी अभियानमा हेलिकप्टर, ड्रोन तथा खोजी कुकुरहरूलाई प्रयोग गरिँदैछ साथै अतिरिक्त जवानहरूलाई तैनाथ गरेर घेराबन्दीलाई सशक्त बनाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा