नयाँ दिल्ली, 07 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो आठ दिवसीय विदेश यात्राको दोस्रो चरणमा बिहिवार त्रिनिदाद र टोबैगोको राजधानी पोर्ट अफ स्पेन पुगे, जहाँ उनको पारम्परिक र भव्य स्वागत गरियो। यस स्वागतको निम्ति केन्द्रिय पत्तन, पोत परिवहन र जलमार्ग मन्त्री सर्बानन्द सोनोवालले खुशी व्यक्त गरे।
सोनोवालले एक्स पोस्टमा यस क्षणलाई भारत र त्रिनिदाद एवं टोबैगोको सम्बन्धहरूमा एक एतिहासिक क्षण बताए। उनले भने, प्रधानमन्त्री मोदीको स्वागत त्रिनिदाद र टोबैगोकी प्रधानमन्त्री कमला प्रसाद बिसेसर र त्यहाँका पूरा मन्त्रीमण्डलद्वारा गरियो, जसमा 38 मन्त्री र 4 सांसद सामेल थिए। यस दुर्लभ सम्मानलाई भारतको बढ्दो वैश्विक ओहोदा र प्रधानमन्त्री मोदीप्रति सम्मानको प्रतीक मानिन्दैछ। यो यात्रा ‘ग्लोबल साउथ’ लाई लिएर भारतको रणनीतिलाई मजबुती प्रदान गर्ने दिशामा एक ठूलो कदम हो।
उल्लेख्य, पोर्ट अफ स्पेन एय़रपोर्टमा प्रधानमन्त्री मोदीको अगुवाई पारम्परिक भोजपुरी चौतालको सांस्कृति प्रस्तुतिले गरियो। यो प्रस्तुति न केवल भारतको सांस्कृतिक विरासतको झलक थियो तर यसले दुवै देशबीच एतिहासिक र सांस्कृतिक सम्बन्धलाई पनि दर्शाउँछ।
प्रधानमन्त्री आफ्नो यस आठ दिवसीय यात्रामा पाँच देश-घाना, त्रिनिदाद र टोबैगो बाहेक अर्जेन्टीना, ब्राजील र नामीबिया जानेछन्। उनले यी देशहरूका राष्ट्राध्यक्षहरू र प्रमुख नेताहरूसित द्विपक्षीय सहयोग, विकास र रणनीतिक साझेदारीलाई लिएर विस्तृत चर्चा गर्नेछन्। यस अवधि उनले ब्रिक्स शिखर सम्मेलनमा पनि भाग लिनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी