लखिमपुर (असम), 4 जुलाई (हि.स.)। घना वर्षापछि दिखारी नदीमा आएको बाढ़ीले जोनाई उपमण्डलका केही गाउँहरू जलमग्न भएका छन्। सड़क, आवास, एवं खेतीको जमीन पूर्ण रूपले पानी डुबेको छ।
जोनाईको रामधन दिखारि ग्राम पञ्चायत अन्तर्गत 1 नम्बर, 2 नम्बर, 3 नम्बर जामुगुड़ी, 1 र 2 नम्बर उलुवनी, लंका समेत लगभग 20 वटाभन्दा अधिक गाउँहरू बाढ़ीबाट प्रभावित भएका छन्।
शुक्रवार नदीको बढ़्दो जलस्तरको कारणले सड़कहरू खोलामा परिणत भएका छन् जसले गर्दा सड़क यातायात पूर्ण रूपले ठप्प भएको छ। बाढ़ी प्रभावित ग्रामीणहरूमाझ भाग-दौड़ तथा चिन्ताको माहोल व्याप्त भएको छ। मानिसहरूले प्रशासनसित तात्कालिक राहत अनि सहायताको माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा