शाजापुरः अनुसूचित आयोगले कलेक्टर, एसपीलाई नोटिस जारी गरी माग्यो रिपोर्ट
शाजापुरः अनुसूचित आयोगले कलेक्टर, एसपीलाई नोटिस जारी गरी माग्यो रिपोर्ट


शाजापुर, 6 जुलाई (हि.स.)। शाजापुर जिल्लामा एक सशंकित मामिला प्रकाशमा आएको छ जसमा ग्राम झोंकर निवासी एकजना युवकले मक्सी पुलिसद्वारा गरिएको कुटपिटको सिकायत राष्ट्रिय अनुसूसिच जाति आयोगमा गरेको थियो जसमाथि आयोगले मामिलालाई संज्ञानमा लिएर कलेक्टर तथा एसपीलाई नोटिस जारी गरी 15 दिनभित्रमा विभिन्न बिन्दुहरूमा रिपोर्ट मागेको छ।

प्राप्त जानकारी अनुसार सिकायतकर्ता मुकेश परमारले आयोगलाई बताए, छिमेकीहरूमाझ भएको आपसी विवादमा मक्सी थानाले तिनीमाथि कुटपिट गऱ्यो। पुलिसले झूटो मुद्दा दर्ता गरी तिनलाई जेल पठाइदियो। टीआईले मेडिकल जाँचको बहानामा थानामा बोलाएर थानाका सीसीटीभी तथा लाइट बन्द गरेर तिनलाई लकअपमा बन्द गरिदिए। साथैै तिनको सिकायतमा रिपोर्ट पनि दर्ता गरिएन।

परमारद्वारा टीआई भीमसिंह पटेल सहित आधा दर्जन पुलिसकर्मीहरूले तिनलाई कुटपिट गरेको, जुत्ता सफा गर्न लगाएको तथा तिनको सिकायतमा कारबाही नगरेको आरोप लगाउँदै राष्ट्रिय अनुसूचित जाति आयोग, मुख्यमन्त्री, डीजीपी, आईजी, डीआईज और एसपीलाई सिकायत गरेका थिए। उक्त सिकायतको आधारमा कड़ा कदम उठाउँदै आयोगले संविधानको अनुच्छेद 338 अन्तर्गत कारबाही गर्दै एफआईआर, मेडिकल रिपोर्ट तथा अनुसूचित जाति अत्याचार निवारण अधिनियम अन्तर्गत गरिएको कारबाहीको जानकारी मागेको छ।

सिकायतमा लगाए गम्भीर आरोपमुकेश परमारद्वारा आयोगलाई दिइएको सिकायतमा उल्लेख गरिएको छ, उनीसित मक्सी थानाका टी.आई. भीमसिंह पटेल सहित आधा दर्जन पुलिसकर्मीहरूले थानाको लाइट, क्यामरा बन्द गरेर निर्दयतापूर्वक कुटपिट गरे। जुत्ता सफा गराए साथै कुटपिट गर्ने क्रममा जाति सूचक शब्द पनि प्रयोग गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande