जम्मू-कश्मीर पर्यटन पुनरूद्धारको मार्गमाः पर्यटन सचिव यशा मुद्गल
जम्मू-कश्मीर पर्यटन पुनरूद्धारको मार्गमाः पर्यटन सचिव यशा मुद्गल


श्रीनगर, 8 जुलाई (हि.स.) l जम्मू-कश्मीर पर्यटन सचिव यशा मुद्गलले मंगलवार भने, केन्द्रशासित प्रदेश पर्यटन पुनरूद्धारको मार्गमा अग्रसर भएको छ साथै एकपटक फेरि देशभरिका यात्रीहरूको लागि रूचिकर गन्तव्य बन्दै गइरहेको छ।

श्रीनगरमा आयोजित पर्यटन सचिवहरूको सम्मेलनको अवसरमा बोल्दै मुद्गलले भने, सबै राज्य अनि केन्द्रशासित प्रदेशहरू भारतको पर्यटन क्षेत्रलाई बढ़ाउने उदेश्यले एक विराट विचार मन्थन सत्रको लागि एक ठाउँमा भेला भएका छन्। उनले भने, पर्यटन सचिवहरूको सम्मेलन सबै राज्य तथा केन्द्रशासित प्रदेशहरूको सहभागितामा आयोजना गरिरहेको छ। यसले एक सशक्त सन्देश दिन्छ कि जम्मू-कश्मीर आकाशको लागि मात्र नभएर सबै प्रकारका पर्यटनको लागि एक रूचिकर गन्तव्य हो।

उनले भने, पर्यटन मन्त्रालय (एमओटी)- द्वारा समर्थित यस कार्यक्रममा केन्द्रिय पर्यटन मन्त्री एवं जम्मू-कश्मीरका उपराज्यपालले पनि भाग लिए।

मुद्गलले भने, यो हाम्रो लागि एक वर्षकै सबैभन्दा छूलो आयोजन हो यसले आगामी सीजनको लागि माहोल तयार गर्नेछ। हालैमा भएको एक घटनापछि पर्यटकहरूको आगमनमा अस्थायी ह्रास भएकोमा चिन्ता व्यक्त गर्दै मुद्गलले भने, स्थिति सामान्य भइरहेको छ। कुनै पनि घटना घटेपछि केही ह्रास आउनु स्वभाविक हो, तर माननीय एलजी र शीर्ष सरकारी अधिकारीहरूको प्रायसको फलस्वरूप पर्यटकहरू आइरहेका छन्।

उनले भने, श्रीनगर गुलमर्ग र पहलगाम जस्ता प्रमुख स्थलहरूमा पर्यटकहरूको आगमन पुन वृद्धि आएको छ। देशको हरेक कुनाबाट पर्यटकहरू आइरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande