सोनादामा सडक सुरक्षा सप्ताह अन्तर्गत सेफ ड्राइभ सेभ लाइफमाथि सचेतना कार्यक्रम सम्पन्न
सोनादामा सडक सुरक्षा सप्ताह अन्तर्गत सेफ ड्राइभ सेभ लाइफमाथि सचेतना कार्यक्रम सम्पन्न


सोनादा, 09 जुलाई (हि.स.)। सोनादा ट्राफिक पुलिस साथै सोनादा पुलिस आउट पोस्टकाे संयुक्त आयोजनामा आज सेफ ड्राइभ सेभ लाइफ अनि लागू औषध (ड्रग्स) दुर्व्यसनमाथि सचेतना कार्यक्रम आयोजन गरियो। उक्त कार्यक्रम स्थानीय मुण्डाहट्टास्थित न्युलाइट सार्वजनिक भवनमा सम्पन्न गरियो।

सचेतनामूलक कार्यक्रममा सोनादा क्षेत्रका 40 वटा संघ संस्थाहरु साथै विभिन्न समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा दार्जिलिङबाट प्रीमुस भोटिया उपस्थित रहेका थिए। कार्यक्रममा सोनादाका विभिन्न समाजका प्रतिनिधिहरू, स्वनिर्भर दलका प्रतिनिधिहरु, सोनादा चालक संगठन साथै सोनादा उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा लागुऔषध दुर्व्यवसन नियन्त्रण साथै साइबर क्राइम सुरक्षामाथि सोनादा आउट पोस्टका प्रभारी योगेश ठकुरीले सबैलाई जागरुक गराउँदै सम्बोधन राखेका थिए। कार्यक्रममा प्रीमुस भोटियाले ड्रग्स नखान सुझाउ दिँदै उत्प्रेरक सम्बोधन राखे।

सोनादा पुलिस आउट पोस्टका प्रभारी योगेश ठकुरी र सबिन दर्नालले सबैलाई ट्राफिक नियम पालन गरिदिन निवेदन गरेका छन्। उनीहरूले सडक सुरक्षा नियमहरु पालन गर्दै स्कूटी, बाइक र गाडीहरु चलाउन अनुरोध गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande