सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती: कला र हस्तशिल्प प्रदर्शन कार्यक्रम सम्पन्न
सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती: कला र हस्तशिल्प प्रदर्शन कार्यक्रम सम्पन्न


सोनादा, 09 जुलाई (हि.स.)। सोनादा उच्चत्तर माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा वर्षभर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। त्यसै अन्तर्गत बुधवार विद्यार्थीहरूलाई लिएर सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा स्वर्णजयन्ती विज्ञान प्रदर्शनी 2025 सम्पन्न गरियो।

उक्त कार्यक्रममा सोनादा सेन्ट्रल ब्याङ्कका प्रबन्धक आदर्श छेत्री, सोनादा सर्कलका एआई रोशनी सार्की र सोनादा सर्कलका अधिकारी आनन्द शर्मा प्रमुख रूपमा उपस्थित थिए। कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विज्ञान सम्बन्धित तयार पारेका विभिन्न आर्ट र क्राफ्ट, मोडेलहरु प्रदर्शनीमा राखिएको थियो।

स्वर्ण जयन्तीको अवसरमा गरिएको यो विज्ञान प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनात्मकता र वैज्ञानिक सोचलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो। यस अवसरमा प्रधान अध्यापक दिपेन्द्र मुखियाले पत्रकारहरूलाई सम्बोधन गर्दै प्राचार्यले भने, 'हाम्रो विद्यालयले यहाँका विद्यार्थीहरूको उज्ज्वल भविष्य बनाउन हरसम्भव प्रयास गरिरहेको छ।'

उनले सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा वर्षभरि विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको र यसै अन्तर्गत विद्यालयमा विद्यार्थीहरूद्वारा तयार पारिएको विभिन्न कलाहरु र हस्त शिल्पहरु प्रदर्शन गरिएको जानकारी गराए। उनले बताए अनुसार, प्रदर्शनीमा विद्यार्थीहरुले फ्याँकिएका वस्तुहरुबाट निर्माण गरेका कला र हस्तशिल्पहरु प्रदर्शन गरिएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande