श्रावण महिनामा हुनेछ 7 करोड़ ओम नमः शिवायको जाप
श्रावण महिनामा हुनेछ 7 करोड़ ओम नमः शिवायको जाप


उज्जैन, 9 जुलाई (हि.स.)। प्रतिवर्षानुसार यस वर्ष पनि श्रावण महिनामा ओम नमः शिवाय जप समिति एवं श्री हरि आध्यात्मिक सेवा संस्थानद्वारा ओम नमः शिवायको जाप गरिनेछ। यस वर्ष पनि 7 करोड़ ओम नमः शिवाय जप गर्ने लक्ष्य राखिएको छ।

संयोजक हरिसिंह यादवले बताए, वर्ष 2016-देखि नै निरन्तर रूपमा ओम नमः शिवाय जप समितिले श्रावण मासमा शिव नाम जप गर्दै आइरहेको छ। वाल्मिकी धाम पिठाधिश्वर उमेश नाथ महाराजको प्रेरणाले एवं स्थानीय सबै महामण्डलेश्वर, सन्त, महात्माहरूको आशीर्वाद एवं सानिध्यमा यस वर्ष पनि मठ, मन्दिर, स्कूल, कलेज, कलोनी एवं सितिका सदस्यहरूको निवासस्थानमा प्रतिदिन ओम नमः शिवाय जापको कार्यक्रम आयोजना गरिनेछ। ओम नमः शिवाय जाप संगीतको धुनमा लगातार गरिन्छ।

पहिलो दिन आगामी 11 जुलाईमा यसको शुभारम्भ वाल्मिकी धाम पिठाधिश्वर सन्त श्री उमेश नाथ जी महाराजद्वारा गरिनेछ। वाल्मिकी धाममा ओम नमः शिवाय जपको कार्यक्रम हुनेछ। हरि यादवले भने, यसपालि अन्य पनि सहयोगी संस्थाहरूलाई प्रेरित गरेर उनीहरूका सदस्यहरूको निवासस्थालमा यो जाप गरिनेछ। यस वर्ष 7 करोड़ ओम नमः शिवाय जप गर्ने लक्ष्य राखिएको छ। महाराजश्रीको प्रेरणाले अन्य राज्य अनि शहरहरूमा पनि ओम नमः शिवायको जाप उनका भक्तहरूद्वारा गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande