दक्षिण कोलकातामा अर्को 'दादा'- को आतंक उजागर, कलेज परिसरमा अबेर रातिसम्म भयो उत्सव अनि दादागिरी
दक्षिण कोलकातामा अर्को 'दादा'- को आतंक उजागर, कलेज परिसरमा अबेर रातिसम्म भयो उत्सव अनि दादागिरी


कोलकाता, 09 जुलाई (हि. स.)। दक्षिण कोलकाताको ल कलेजमा टीएमसीपी नेता मनोजीत मिश्राद्वारा गरिएको सामूहिक दुष्कर्मपछि अब गड़ियाहाट आईटीआई कलेजबाट फेरि अर्को छात्र नेताको दादागिरी सामु आएको छ। मनोजीतको निकटवर्ती मानिने टीएमसीपी नेता सञ्जय चौधरीमाथि गम्भीर आरोप लागेको छ। स्थानीय निवासीहरूको भनाइ छ, लगभग दश वर्षपूर्व कलेज पास गरिसकेको भए पनि सञ्जय कलेज परिसरमा अहिले पनि सक्रिय छ साथै परिसरलाई आफ्नो उपद्रवको अड्डा बनाइसकेको छ।

स्थानीय मानिसहरू अनुसार सञ्जय चौधरीले प्रतिदिन कलेज यूनियन रूममा चर्को ध्वनिमा डीजे बजाएर छात्र नेताहरूको जन्मदिन मनाउँछ। मानिसहरूले यस सम्बन्धमा कलेज प्रशासनलाई कैयौं पटक सिकायत पत्र सुम्पिसकेका छन्, तर कुनै कारबाही भएन।

स्थानीय मानिसहरूको आरोप छ, सञ्जय, मनोजीतको निकटवर्ती हो र यी दुईको सँगै रेहको धेरैवटा तस्वीरहरू छन् जसलाई लिएर प्रश्न उठेको छ।कलेजका छात्र-छात्राहरू पनि सञ्जय र उसका साथीहरूको गतिविधिदेखि हरान भएका छन्, तर डरले गर्दा खोलेर केही भन्दैनन्।

आरोप छ, सञ्जयले कलेज परिसरमा मदिरा सेवन गर्दछ, रातीसम्म डीजे बजाएर उत्पात मच्चाउँछ, अटेण्डेन्स बढ़ाउने नाममा विद्यार्थीहरूबाट पैसा लिन्छ अनि कलेजमा एडमिशनको निम्ति सहयोग गर्ने नाममा बलजफ्ती असुली गर्दछ। यति मात्र नभएर जुलाई, 2023- मा तोपसिया क्षेत्रकी एकजना युवतीको सड़क दुर्घटनामा भएको मृत्युको मामिलामा सञ्जयको नाम मुसिसकेको छ, किनभने उक्त युवतीसित अन्तिम पटक सञ्जयलाई देखिएको थियो।यस सम्बन्धमा भवानीपुर थानामा सिकायत पनि गरिएको थियो।

कलेज प्रशासनले यस मामिलामा बोल्न अस्वीकार गरेको छ। एकजना अधिकारीले भने, उनी भर्खरै मात्र स्थानान्तरित भएर यहाँ आएका हुन्, त्यसैले उनलाई धेर जानकारी छैन। टीएमसीपीका राज्य अध्यक्ष तृणांकुर भट्टचार्यले आरोपहरूलाई अफवाह बताउँदै भने, यदि कसैसित प्रमाण छ भने पुलिसमा सिकायत गर्न सक्छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande